दीपकसंगम थापा
दाङ, चैत १९ । रुकुमको पश्चिमस्थित आठविसकोट नगरपालिका १३ र १४ वडाहरुका लागि एकै साथ पानी सर्भेको उद्घाटन गरिएको छ । नेपाल सरकारको एक घर एक धारा कार्यक्रमअन्तर्गत आठविसकोट नगरपालिका वडा १३ र १४ मा पानी सर्भेको शुक्रबार उद्घाटन गरिएको हो ।
जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हेमराज पुनले एक कार्यक्रमका माझ उक्त सर्भेको उद्घाटन गर्नुभएको हो । आठविसकोट नगरपालिका–१३ स्थित घेत्माको मौराखाराजंगलको भालुकाटे र चेप्टेढुंगा मुहानबाट सर्भेको काम थालनी गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा जिल्ला विकास समितिका सभ ईञ्जिनियर भक्तिप्रसाद काफ्ले, एमाले आठविसकोट नगरपालिका सह–संयोजक सुरज परियार, एमाले घेत्माका अध्यक्ष मनबहादुर खत्री, युवासंघ नेपालका सचिव विनोद पुन, नवराज परियार, लक्ष्मण शाही, गणेश मल्ल, दुर्गा मल्ललगायतको करिव ३ सय ५० जनाको उपस्थिति रहेको थियो ।
उक्त सर्भे काम करिव १५ दिन लाग्ने बताइएको छ । पानी अभावबाट सँधै समस्यामा रहेका घेत्माबासीहरु अब छिट्टै एक घर एक धारा कार्यक्रम लागु हुने भएपछि घेत्मामा खुसीयाली छाएको छ । घरघरमा पानीका धारा कार्यक्रम सम्पन्न भएपछि एक गाग्री पानीका लागि १ घण्टा टाढा हिड्नुपर्ने बाध्यता हट्ने बताइएको छ ।