मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख ११ । शिक्षा नियमावली तथा पैरवी सीप सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम दाङको तुलसीपुरमा सुरु भएको छ । गरिब तथा सिमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि कार्यक्रमअन्तर्गत आईएम नेपालको सहयोग तथा समुदायमा वातावरणीय शिक्षाको विकास (सीड) संस्थाको आयोजनामा सोमबारदेखि अभिमुखीकरण तालिम सुरु भएको हो ।

तालिममा शिक्षा सम्बन्धी ऐन, नियमावली, नीति, नियम आचारसंहितालगायका विषयमा जानकारी गराइने कार्यक्रम संयोजक अनिता पोख्रेलले जानकारी दिनुभयो । तालिममा गोल्टाकुरी, बाघमारे, धनौरीका शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारीलगायत तालिममा सहभागी छन् ।

यसैबीच तालिमको एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । सीडका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक नारायण पौडेलको प्रमुख आतिथ्यता एवं स्रोत व्यक्ति कविराज डाँगीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको छ । त्यस अवसरमा प्रमुख अतिथि पौडेलले शिक्षकले विद्यालय सम्बन्धी नीति, नियम, नियमावली, ऐनका बारेमा जानकार हुनुपर्ने बताउनुभयो ।

सीडका सहजकर्ता सुमन चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तालिम बारे कार्यक्रम संयोजक माधव चौधरीले जानकारी गराउनुभएको थियो, भने कार्यक्रमको सहजीकरण सहजकर्ता विना खड्काले गर्नुभएको थियो ।

Abroad Study
«
Next
»
Previous