तुलसीपुर, बैशाख १२ । लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु मिल्नुको विकल्प नरहेको तुलसीपुरमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरस्थित विपी चोकमा आयोजना गरेको दिप प्रज्ज्वलन कार्यक्रमका वक्ताहरुले लोकतन्त्र अझै पनि पूर्ण रुपमा संस्थागत हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरुले सबै वर्गहरुको अधिकार प्राप्तिका लागि लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेकोमा समेत जोड दिएका छन् । शान्ति समाज दाङका सचिव शरद रेग्मीको अध्यक्षता एवं संस्थापक सभापति अधिवक्ता डिल्लीराज धितालको प्रमुख आतिथ्यतामा भएको दिप प्रज्ज्वलन कार्यक्रममा सामाजिक अभियन्ता प्रमोदकुमार न्यौपाने, समाजसेवी टेकराम खड्का, पत्रकार महासंघ दाङ शाखाका सदस्य भरतराज शर्मा, रिपोर्टर्स क्लव दाङका कोषाध्यक्ष वालाराम खड्कालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।