मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अञ्जना चौधरी,
तुलसीपुर, बैशाख ११ । यहाँका बिपन्न बालबालिकाहरुको अभिभावकहरुलाई आयआर्जनका लागि बाख्रा बितरण गरिएको छ । बालबालिका लक्षित कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का सात जना बालबालिकाहरुको परिवारलाई बाख्रा बितरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा वडास्तरिय बाल सञ्जालको आयोजनामा बाख्रा बितरण गरिएको हो । बाल सञ्जालका अध्यक्ष धनकली परियारको अध्यक्षता तथा वडा सचिव कमल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बाख्राबाट आयआर्जन गरी पढनका लागि आर्थिक स्रोत जुटाउन सहयोग गरिएको बताएका थिए ।

कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक अरुण लहरे, पत्रकार निरला अर्याल गैरेलगायतले बालबालिकाको पठन पाठनमा सहयोग पुग्ने गरी सो सहयोगलाई सदुपयोग गर्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा  लालीगुराँस टोलकी पूजा नेपाली, विशाल नगरटोलको दिपेश चौधरी, पीडित नगरटोलको करुणा परियार, गाइडहर टोलको हेमन्त बस्नेत, सुन्दर नगरटोलका भावना परियार, भगवती टोलको मञ्जु सुनार, शिवशक्ति टोलको प्रेणा परियारलाई बाख्रा वितरण गरिएको हो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post