दाङ, बैशाख ११ । नेपाल पत्रकार महासंघ दाङले पत्रकार परिचयपत्र रातोकार्ड वितरण तथा नविकरणका लागि घोराहीमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । यहि बैशाख १६ र १७ गते नेपाल पत्रकार महासंघ घोराहीमा सूचना विभागले प्रेस प्रतिनिधि प्रमाण पत्र (रातो कार्ड), पत्रकार परिचयपत्र वितरण÷नवीकरण तथा सञ्चारकर्मी र सञ्चारमाध्यमहरुलाई दिने सेवा सुविधा प्रदान गर्नका लागि शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ ।
पत्रकार महासंघको आइतबार घोराहीमा बसेको बैठकले शिविरबाट धेरै भन्दा धेरै लाभ लिन जिल्लास्थित सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुलाई महासंघले अपिल समेत गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकार सुदिप गौतमको आतिथ्यतामा बसेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित चिन्तामणि–जमुना पोख्रेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा सल्लाहकार सुदिप गौतम र पूर्व अध्यक्ष सुशील गौतम सदस्य रहेको प्रतिभा छनोट समिति गठन गरिएको छ । पुरस्कार बैशाख २० गते घोराहीमा आयोजना गरिने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वितरण गर्ने निर्णय गरेको छ ।
साथै बैठकले यही बैशाख १४ गते नयाँ वर्षको अवसरमा तुलसीपुरस्थित राप्ती शान्ति उद्यानमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापनका लागि कार्यसमिति सदस्य नारायण भण्डारीको संयोजकत्वमा सुवास डिसी, भरतराज शर्मा, प्रेमविवश घर्ती र दामोदर बस्नेत रहेको उपसमिति गठन गरिएको छ । बैठकले तीन दिने महिला मुद्धाहरुको विषयमा पत्रकारिता तालिम समेत सञ्चालन गर्ने भएको छ ।
यही बैशाख २२ गतेदेखि २४ गतेसम्म जिल्ला समन्वय समितिको सहयोगमा घोराहीमा महिला मुद्दाहरुका विषयमा केन्द्रित भएर पत्रकार महिलाहरुका लागि खोजी पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । तालिमको संयोजन गर्नका लागि महासंघका उपाध्यक्ष लीला शाहको संयोजकत्वमा शर्मिला डिसी र सविता चौधरी सदस्य रहेको उपसमिति गठन गरेको छ ।
यसैगरी जिल्ला समन्वय समिति दाङको सहयोगमा बालमैत्री सचेतना गोष्ठी यही बैशाख २९ गते घोराहीमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापनका लागि सचिव भुपेन्द्र वलीको संयोजकत्वमा कोषाध्यक्ष आरके शीतल र सदस्य नवीन अभिलाषी रहेको उपसमिति गठन गरिएको छ ।