मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, बैशाख २ । दाङका चारवटा वसपार्कको स्तरोन्नति तथा निर्माण कार्य सुरु भएको छ । घोराहीको सेवार खोला वसपार्क, तुलसीपुरस्थित पातुखोला वसपार्क, लमहीको वसपार्क र भालुवाङको वसपार्क गरी जिल्लाका चारवटा वसपार्कको स्तरोन्नति र निर्माण कार्य सुरु भएको हो ।

घोराहीको सेवारखोला वसपार्कको पहिलो चरणको निर्माणको काम करिव ७० प्रतिशत सकिएको छ, भने लमहीको वसपार्कको काम पनि जारी रहेको छ । उता भालुवाङको वसपार्कको काम पनि सुरु भएको छ, भने तुलसीपुरस्थित पातुखोलास्थित आधुनिक वसपार्कको निर्माण कार्यको प्रक्रिया सुरु भइसकेको छ । १० हजार ९ सय १७ वर्ग मिटरमा फैलिएको घोराहीको सेवार खोला वसपार्कको क्षेत्रफल मध्य ३ हजार ७ सय ९५ वर्ग मिटर क्षेत्रफलमा मात्र आरसीसी ढलान गरिएको छ, भने २ सय २० मिटर लम्बाईको फुटपाथ निर्माण गर्ने गरी काम अगाडि बढिरहेको भवन डिभिजन कार्यालयका सव ईञ्जिनियर ईश्वरीप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

सबैजसो क्षेत्रफलमा आरसीसी ढलान गर्ने काम सकिए पनि त्यसको अन्तिम तयारी र फुटपाथका लागि चाहिने सामग्रीहरुको निर्माणमा ढिलाई भएको कार्यालयले बताएको छ । आगामी असोजसम्ममा योजनाको सम्झौता मिति रहेको भन्दै उहाँले समयमै काम सकिने सव ईञ्जिनियर देवकाटोले बताउनुभयो । योजनाको काम सिएम प्रेमधन जेभिसँग एक करोड ४१ लाख रुपैयामा ठेक्का सम्झौता भएको उहाँको भनाई छ ।

उता लमही र भालुवाङको वसपार्क सँगसँगै सम्झौता भएको र काम पनि सञ्चालन भइरहेको छ । भालुवाङको वसपार्क निर्माणका लागि पनि १ करोड ४१ लाखमा केशव शाह कन्ट्रक्सनसँग सम्झौता भएको छ । वसपार्क निर्माणका लागि ठूलो योजना भए पनि पहिलो चरणको काम अहिले चलिरहेको कार्यालयका सव ईञ्जिनियर पुरुषोत्तम प्रसादले जानकारी दिनुभयो । २०७४ असोजमा निर्माण सम्पन्न हुने उहाँको भनाई छ । अहिले वसपार्कको पुर्वाधार निर्माण गर्ने, वसपार्कको आकारमा लैजाने, आरसीसी ढलान गर्ने र फुटपाथ निर्माण हुनेछ ।

लमहीको बसपार्कमा अन्य भौतिक संरचनाहरु निर्माणसँगै वसपार्क ढलान गर्ने काम भइरहेको छ । केहि स्थानमा कालोपत्रे गर्ने योजनामा रहेको छ । वसपार्कमा प्रतिक्षालय, काउन्टर र शोचालयहरु निर्माण भैसकेको छ । ५ विगाह क्षेत्रफलमा फैलिएको लमही वसपार्कलाई दुई भागमा विभाजन गरिएको छ । लामो रुटका सवारी साधन सञ्चालन हुने र स्थानीय रुटका सवारी साधन सञ्चालन हुने वसपार्क गरी दुई छुट्टा छ्ट्टै वसपार्क रहेका छन् । लमही नगर विकास समितिका अनुसार स्थानीय रुटमा सञ्चालन हुने सवारीका साधन बढि भएका कारण तल्लो बसपार्क ढलान भएको छ । लमहीको वसपार्क निर्माण भएसँगै त्यहाँको स्थानीय रुटमा सञ्चालन हुने यातायातका साधनहरु व्यवस्थित हुने छन्, भने पूर्व पश्चिम राजमार्गमा चल्ने यातायातका साधनहरुलाई पनि सहज हुने अपेक्षा छ ।

करोडौँ खर्च हुने गरी तुलसीपुर पातुखोला वसपार्कको गुरुयोजना निर्माण गरिएको छ । वसपार्कको गुरुयोजना अनुरुप पटक–पटक टेण्डर आह्वान गर्दै निर्माण प्रक्रिया सुरु गर्ने क्रममा विभिन्न कारणले अवरोध हँुदै आएको भए पनि प्रक्रियागत रुपमा अहिले भने काम अगाडि बढेको तुलसीपुर उप–महानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । ९ करोड ९० हजार, ९ सय ७८ रुपैयाको लागतमा आगामी १५ महिनाभित्र आधुनिक वसपार्क निर्माण गर्ने गरी निर्माण कम्पनी शिवशक्ति कन्ट्रक्सनसँग सहमति भइसकेको कार्यकारी अधिकृत केसीले बताउनुभयो । तुलसीपुर नगरपालिकाको  पहल र नगर विकास कोषको लगानीमा निर्माण गर्न थालिएको वसपार्कलाई आधुनिक बसपार्क बनाउने भनिएको छ । दुई वर्ष अघि नै सुविधा सम्पन्न वसपार्क बनाउने गरी गुरुयोजना निर्माण भएको थियो । गुरु योजनाअन्र्तगत ३४ करोड ३ लाख ६९ हजार नौ सय रुपैया वसपार्क निर्माणका लागि खर्च हुने तुलसीपुर नगरपालिकाका इञ्जिनियर पवन योरुगीले बताउनुभयो ।

वहुवर्षिय योजनाअन्तर्गत पहिलो चरणमा अहिले १० करोडको ठेक्का सम्झौता भएको छ । आधुनिक वस पार्क दुई चरणमा चार वर्षमा निर्माण हुने अनुमान गरिएको छ । नगरपालिकाका अनुसार गुरुयोजनाभित्र आधुनिक बसपार्कभित्र सुरक्षा क्वाटर तथा कार्यालय, ग्रीन पार्क, छोटो दूरी र लामो दूरीका बस पार्क, बस, ट््याक्सी स्टेशन, आधुनिक शौचालय, विभिन्न किसिमका ब्यवसायिक स्टल, भ्यू टावर, घण्टा घर, ग्यारेज, पेट्रोल पम्प, गाडी स्टाफका लागि रेष्ट रुम, आधुनिक टिकट काउन्टरलगायतका पूर्वाधार निर्माण हुनेछन् । पहिलो  चरणमा यात्रु प्रतीक्षालय, फूटपाथ ट्याक्सी स्टेशन, ढल, माटोफिलिङ, शौचालय, रेष्टुरेन्टलगायतका संरचना निर्माण हुनेछन् भने बाकी कार्य दोस्रो चरणमा हुने ईञ्जिनियर योगीले बताउनुभयो । 

Abroad Study
«
Next
»
Previous