मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २० । खाद्यान्न ढुवानीको जिम्मा लिएका नायकवाडाका भक्तबहादुर बस्नेतले समयमा नै खाद्यान्न ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्यान अभाव भएको छ ।

बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान ढुवानी गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म करिब पाँच सय क्वीन्टल खाद्यान्न बारेकोटमा पुर्याए पनि खच्चड व्यवसायीलाई ढुवानी गरेबापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोटका धर्मबहादुर बस्नेतले बताए ।

चामल ढुवानी गर्न पटक÷पटक बस्नेतलाई आग्रह गर्दा पनि उहाँ सम्पर्कमा नआउँदा बारेकोटमा खाद्यान्न पुर्याउन मुस्किल भएको शाखा प्रमुख बस्नेतको भनाइ छ । करिब २४ हजार जनसङ्ख्या रहेको बारेकोट गाउँपालिकामा सरकारले एक हजार क्वीन्टल मात्र चामलको कोटा स्वीकृत गरेको छ ।

सरकारी भाडाअनुसार सदरमुकामबाट एक हजार ८५१ रुपैयाँमा प्रतिक्वीन्टल चामल खच्चडमा ढुवानी गरी बारेकोटको घाटमा पुर्याएर उसिना मोटा प्रतिकिलो ४० रुपैयाँ र मकवानपुर प्रतिकिलो ३१ रुपैयाँमा बिक्री हुँदै आएको छ । बारेकोटको जनसङ्ख्या भन्दा निकै कम मात्रामा खाद्यान सरकारले पठाउदा जतिपटक चामल लिए पनि लुछाचुडी हुने गरेको घाट डिपोका कर्मचारी दीपक अर्यालले बताए ।

बजारमा पाइने निकै कम गुणस्तरको चामल पनि प्रतिकिलो ६० रुपैयाँ भन्दा तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । बारेकोटमा धानखेती अत्यन्तै कम हुने भएका कारण खाद्य संस्थानको चामलमा नै यहाँका बासिन्दा भर पर्ने गर्दछन् ।

भौगोलिक रुपमा अत्यन्तै विकट रहेको यो क्षेत्र जुम्लाको सिमानासँग जोडिएको छ । सदरमुकामबाट घाटस्थित डिपोमा पुग्न दुई दिन लाग्छ । यसबारे ठेकेदार बस्नेतसँग पटक ÷पटक टेलिफोन गर्न खोज्दा पनि फोन नउठाएका कारण सम्पर्क हुन सकेन । नलसिंह गाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माणकार्य जारी रहेकाले खाद्यान्न लगायतका अतिआवश्यकीय वस्तु ढुवानीमासमेत निकै समस्या भएको स्थानीय खच्चड व्यवसायी कमल खत्रीले बताए । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post