दाङ, चैत्र २० । डढेलो नियन्त्रणका लागि व्यापक तयारी गरिएको भए पनि दाङमा डढेलो सुरु भएको छ । जिल्ला वन कार्यालयले यसवर्ष जिल्लामा डढेलो नियन्त्रण गर्ने तयारी गरेको अवस्थामा केही दिनयता डढेलो फैलिदै गएको छ ।
बिगतका वर्षमा जस्तो यसवर्ष डढेलो लाग्न नदिने तयारी गरेको भन्दै जिल्ला वन कार्यालय दाङले अहिले जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा गरी चार स्थानमा आगो लागेको जनाएको छ । कार्यालयका अनुसार जिल्लाको देउखुरी क्षेत्रको कोइलाबास सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा लागेको आगोलाई आकोश पानीले निभाएको छ ।
यसैगरी धर्नाको पाण्डवेश्वर सामुदायिक वन क्षेत्रमा अहिले पनि आगो लागिरहेको छ । त्यसैगरी लक्ष्मीपुरको कुइरेपानी वन क्षेत्रमा लागेको आगोलाई रिपुमर्दन गणले निभाएको छ । उता अमेलियाको गायत्री सामुदायिक वन क्षेत्रमा पनि आगो लागेको वन कार्यालयका सहायक वन अधिकृत हरि गौतमले जानकारी दिनुभयो । उहाँले रामपुर क्षेत्रको मालझाँक्री वन क्षेत्रमा पनि आगो लागिरहेको छ । डढेलो नियन्त्रणका लागि यस वर्ष दाङमा १८ लाख रुपैयाँ बढी बजेट छुट्याइएको भन्दै कार्यालयले डढेलो नियन्त्रण गर्ने आफ्नो प्रयास विफल भएको जनाएको छ ।