दाङ, चैत २५ ।
नेकपा एमालेले चुनावी अभियानलाई तीब्र बनाएको छ । बैशाख ३१ गतेको निर्वाचनको तयारी स्वरुप नेकपा एमालेले गाउँगाउँमा पुगेर सभा, सम्मेलन, भेलालगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय नेकपा एमालेले ल्याएको नीति, विचार र सिद्धान्तको विषयमा जनतालाई जानकारी दिनका लागि पनि एमाले गाउँगाउँमा पुगेको छ ।
अभियानकै क्रममा नेकपा एमाले घोराही उपमहानगरपालिका–६ को लख्वारटोलको भेला सम्पन्न भएको छ । अविन चौधरीको अध्यक्षता तथा नेकपा एमाले दाङका उपसचिव सुरामणी बेलवासेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नेता बेलवासेले अबको विकास र समृद्धिका लागि नेकपा एमालेले ल्याएको नीति विचार नै सहि भएको बताउनुभयो ।
अबको निर्वाचनमा नेकपा एमालेले बहुमतको साथमा जनताको साथ र सहयोग पाउने उहाँको भनाइ छ । कार्यक्रममा नेकपा एमाले घोराही उपमहानगरपालिका ईञ्चार्ज विवेक श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण विष्णुराम आचार्यले गर्नुभएको थियो । साथै भेलाले अविन चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय प्रचार समिति गठन गरेको छ । निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार समिति गठन गरेको एमालेले बताएको छ । कार्यक्रममा ३६ जना पुरुष र २६ महिला नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश समेत गरेका घोराही ईञ्चार्ज विवेक श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै घोराही उपमहानगरपालिका १३ को वनगाउँ कात्तिकेमा पनि आमसभा सम्पन्न भएको छ । संयोजक घनश्याम घिमिरेको अध्यक्षता तथा पूर्वमेयर अमर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेलाई अबको निर्वाचनमा बहुमतले जिताउन आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमाले प्रदेशनम्वर पाँचका सदस्य नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठ, घोराही उपमहानगरपालिकाका संयोजक राममणी पाण्डे, जिल्ला सचिवालय सदस्य भरत अर्याल, साविक घोराही नगरपालिकाका अध्यक्ष लक्षिन बुढा, साविक घोराही–८ का वडा अध्यक्ष बासुदेव विक, किसान महासंघका सुदन केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ५१ जना माओवादी केन्द्र र काँग्रेस छोडेर एमालेमा प्रवेश गरेका छन्, भने विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत देखाइएको थियो । साथै कार्यक्रममा बृद्धबृद्धा र एकल महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।
यसैक्रममा घोराही उपमहानगरपालिका वडानम्वर ४ को वडा पार्टी कार्यालय स्थापना गरिएको छ । पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ । एमाले नेता शम्भु पोख्रेलको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भागवत विश्वासीले एमाले जनताको पार्टीका रुपमा अब स्थापित भइसकेको बताउनुभयो । उहाँले यतिबेला एमालेप्रति जनलहर बढेको बताउँदै कुनै पनि शक्तिले एमालेलाई पहिलो पार्टी बन्नबाट रोक्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य शान्ता चौधरी, एमाले प्रदेश सदस्य नरुलाल चौधरी, एमाले जिल्ला सदस्य राममणी पाण्डे, मानबहादुर विक, कमानसिंह पुन, मणीराज पुन, मुक्ति समाजका जिल्ला अध्यक्ष टंक सुनार, मुक्ति समाजका सल्लाहकार भिमबहादुर सार्की, कलाकार मुनाल घिमिरे, पवित्रा रानालगायतले बोल्नुभएको थियो । एमाले वडा सदस्य कुलबहादुर गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहजीकरण शोभाकर पन्थीले गर्नुभएको थियो । कार्यक्रममा मावि गोग्लीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेल, लक्ष्मी जोशी, सीता विक, गीता पुन, शिशिर आचार्य लगाएतको ठुलो टोली एमाले प्रबेश गरेको छ ।
यसैबीच नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको घोराही उपमहानगरपालिका ३ र ४ को वडा भेला सम्पन्न भएको छ । जिल्ला सल्लाहकार भुमा विकको अध्यक्षता तथा जिल्ला अध्यक्ष टंक सुनारको प्रमुख आतिथ्यतामा भेला भएको हो । कार्यक्रममा जिल्ला सल्लाहकार संयोजक भिमबहादुर सार्की विशिष्ट अतिथि रहनुभएको थियो । भेलाले किशोर विकको अध्यक्षतामा ३ नम्वर वडा कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा सीता नेपाली, सचिवमा भरत विक, उपसचिवमा गोपाल विक, कोषाध्यक्षमा गणेश परियार, सदस्यहरुमा शेरबहादुर विक, लक्ष्मण सुनार, अनिता नेपाली, उषा विक, डोरबहादुर विक रहनुभएको छ ।
यस्तै घोराही नगरकमिटी अध्यक्ष उमेश विकको अध्यक्षतामा भएको भेलाले घोराही उपमहानगरपालिका ४ नम्वर वडा कमिटी गठन गरेको छ । जिल्ला अध्यक्ष टंक सुनारको प्रमुख आतिथ्यता तथा जिल्ला सल्लाहकार कमिटिका संयोजक भिमबहादुर सार्कीको विशिष्ट आतिथ्यतामा भेला भएको हो । भेलाले लालबहादुर परियारको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । जस्को उपाध्यक्षमा लिला नेपाली, सचिवमा विष्णु सुनार रहनु भएको छ ।