मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुशील बस्नेत,
दाङ, चैत ३१ । सांसद अनारकली मियाले सरकारले संविधान संशोधन प्रक्रियामा अन्यौलमा परेको बताउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग क्षेत्रीय कार्यालय तुलसीपुरले आज बिहीबार आयोजना गरेको नयाँवर्षको शुभकामना आदान प्रदान कार्यक्रममा संविधान संशोधनको यस अघिको प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव ल्याउनुले सरकार अन्यौलमा परेको बताउनुभयो ।

‘देश चलाउने सरकार विभिन्न विषयमा अन्यौलतामा रुमलिने हो भने कसरी सुशासन चल्न सक्छ’, उहाँले बताउनुभयो । संविधान संशोधन प्रस्तावमा नअल्मलिई स्थानीय तहको निर्वाचन बैशाख ३१ गते सम्पन्न गर्ने गरी तयारीमा जुट््न सरकारलाई सांसद मियाले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नु हँुदै नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले राजनीति बिग्रीए संक्रमणकाल लम्बिने भएकाले तत्काल एक ठाउँमा आई मुलकलाई अन्यौलताबाट बाहिर निकाल्न दलहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संक्रमणकाल पार गर्न सकिएन भने मुलुक गम्भीर अवस्थामा पुग्छ, जसका कारण देश उज्यालो भन्दा अँध्यारोतर्फ उन्मुख हुन्छ ।’

१९ नम्वर बाहिनीका बाहिनीपति बिनोद पाण्डेले हरेक मानिसका लागि प्रत्येक दिन नयाँ दिन भएकाले सकारात्मक सोच र सृजनशील काम गर्न सके व्यक्तिले परिवर्तन गर्नसक्ने सुझाव दिनुभयो । व्यक्ति परिवर्तन हुन सके समाज र समाज परिवर्तन हुनसके मुुलकले सम्बृद्धि गर्ने बताउनुभयो ।

सोही अवसरमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सुशील बस्नेत, समाजसेवी बामदेव उपाध्याय, नेपाल रेडक्रस दाङका कोषाध्यक्ष कुशल तर्ताललगायतले तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न, शान्ति र सद्भावका लागि नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
विश्वविद्यालय राजयोगीनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अनिता र सहजीकरण शिवलालले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post