मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता
भालुवाङ्ग चैत २४ । राष्ट्रिय जनमोर्चाका प्रवक्ता एवं सांसद दुर्गा पौडेलले वर्तमान सरकारले ल्याएको संविधान संशोधन विधेयकभित्रको अंगीकृत नागरिकताको अवधारणले राष्ट्रलाई भारतमा गाभ्ने रणनीतिक चाल भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले बिहीबार राप्ती गाउँपालिका–१ भालुवाङ्गमा आयोजना गरेको राष्ट्रिय प्रचारात्मक अभियानको जनसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनुभएको हो ।

पौडेलले युरोपियन युनियन र भारतको ग्रायण्ड डिजाइनमा नेपाल राष्ट्रलाई बिखण्डन गर्न भिœयाइएको संघीयता लागुभयो भने देशलाई अर्थतन्त्रले थाम्न नसक्ने र अन्ततः देश प्रतिगमनतर्फ फर्किने गंभिर खतरा उत्पन्न भएको बताउनुभयो । साथै उहाँले संघीयताको कार्यान्वयन सुरु भएसँगै देशमा खतरनाक ढंगले रंग, वर्ण, जातजाति, लिंग र भू–विभेदका तरङ्गहरु देखापर्न थालेको र यसको कार्यान्वयन भएमा राष्ट्रको अर्थतन्त्रले देश थाम्नै नसक्ने डरलाग्दो मोडमा पुग्ने ठोकुवा समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवं पूर्व सभासद रश्मीराज नेपालीले ठूला पार्टीहरुले ल्याएको थ्रेसहोल्ड साना पार्टीहरुलाई मार्ने हतियार भएको बताउनुभयो । गणतन्त्रलाई संस्थागत गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकारले तोकिएकै समयमा स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रजातान्त्रिक बिकेन्द्रीयता, संविधान कार्यान्वयन र गिलासमा मतदान भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले यहि चैत २० गतेदेखि देशभर ६ वटा टोली बनाएर राष्ट्रिय प्रचारात्मक अभियान सञ्चालन गरेको कार्यक्रममा बताइएको हो । राष्ट्रिय जनमोर्चा लालमटिया गाउँ कमिटीका अध्यक्ष रमेशमान गुरुङको अध्यक्षता एवं पार्टीका केन्द्रीय प्रवक्ता तथा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्य र केन्द्रीय कार्यकारी अध्यक्ष नेपालीको विशिष्ट आतिथ्यतामा भएको सभामा पार्टीका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, राजमो दाङका अध्यक्ष रेशम बिसी र अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, रामकृष्ण पौडेल, नरबहादुर केसी र अशोक बेलवासेलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा रक्तिम साँस्कृतिक अभियानको टोलीले साँस्कृतिक प्रस्तुती दिएको थियो । राजमो सिसहनियाँ गाउँ कमिटिका अध्यक्ष माधवप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राजमो लालमटिया गाउँ कमिटिका सचिव दलबहादुर घर्तीले गर्नुभएको थियो ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post