मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

लहान, चैत २९ । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा हिजो साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ ।

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगलागीमा २५ परिवारको ४० घर जलेर नष्ट भइसकेको र आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो । साँझ ५ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनै पनि बारुणयन्त्र आईनपुगेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय रामानन्द यादवले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post