मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २८ । माघ २९ गते डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सरकारले फेरि प्रकाश अर्याललाई नियुक्त गरेको छ । चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएपछि अन्योलमा रहेको आईजिपि नियुक्ति सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले टुङ्ग्याएको हो ।

सरकारले रिक्त रहेको प्रहरी महानिरीक्षक (आइजिपी) मा डिआइजी दाङ घोराही–१५ का प्रकाश अर्याललाई नियुक्त गरेको हो । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।

वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हाल्नुभएको थियो । डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हाल्नुभएको थियो । आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोख्रेललाई निमित्त प्रमुख बनाएको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post