दाङ, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं स्थापना दिवसका अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघले सोमबार साँझ दीप प्रज्ज्वल गरेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दाङलाई उद्योगीक क्षेत्रका रुपमा विकास गर्न राज्यसँग माग गरेका थिए ।
पाँच नम्वर प्रदेशको प्रादेशीक राजधानीका रुपमा रहेको दाङमा उद्योगीक विकासका लागि जिल्लालाई उद्योगीक क्षेत्र घोषणा गर्न माग गरेका हुन् । साथै वक्ताहरुले दाङको विकाससँगै उद्योग व्यवसायको प्रबद्र्धनका लागि लमही–कोइलावास नाकालाई सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, पूर्व अध्यक्ष माधवप्रसाद शर्मा, संघका सचिव सुशीलप्रकाश आचार्य, सदस्यहरु सुशील पोख्रेल, नरेश कार्की, श्रीधर धिताल, प्रशासनिक अधिकृत सुरज बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।