मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २३ । जाजरकोटको एक विद्यालयमा गरिब, विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको छ ।

जाजरकोटको बारेकोट विशेष गाँउपालिका–१ रामीडाँडाको कालिका आदर्श माविमा गाउँमा भएका टुहुरा, गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको हो ।  आर्थिकरुपमा विपन्न, आमाबाबु नभई टुहुरा भई विचल्लीमा परी नियमित विद्यालय नआउने बालबालिकालाई सहयोग गरी नियमितरुपमा विद्यालय आउने बनाउन विद्यालयले अक्षयकोषको स्थापना गरिएको कालिका आदर्श मावि रामीडाँडाका प्रधानाध्यापक पृथ्वीराज ज्योतिले बताउनुभयो ।

शिक्षकको तलब कटाएर र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट रकम उठाएर रु २८ हजार नगद जम्मा गरी अक्षयकोषको स्थापना गरिएको ज्योतिले जानकारी दिनुभयो । विपन्न तथा टुहुरा बालबालिकालाई सहयोग गर्न सहायता कोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

अक्षयकोषको ब्याजबाट आउने रकम गरिब विपन्न तथा टुहुरा बालबालिकालाई कापीकलम किन्न सहयोग गर्ने गरिएको ज्योतिको भनाइ छ । बाबुको मृत्यु तथा आमाले अन्यत्र विवाह गरेर गएपछि विचल्लीमा परेका बारेकोट विशेष गाउँपालिका–१ रामीडाँडाका दलित शिव नेपाली र जुम्ल्याहा बहिनी सीता विक र पार्वती विकलाई यो कोषबाट सहयोग गरिएको र आगामी वर्षदेखि बढाउँदै जाने उहाँले बताउनुभयो ।

विचल्लीमा परेका शिव नेपाली कक्षा ४, सीता विक र पार्वती विक कक्षा २ मा कालिका आर्दश माविमा अध्ययनरत छन् । गरिब परिवारका यी बालबालिका बाबुको मृत्यु तथा आमाको अन्यत्र विवाह भएपछि विचल्लीमा परेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post