मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुशील बस्नेत,
दाङ, चैत २३ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले तुलसीपुरमा सम्बोधन गर्ने नेपाली कांग्रेसको प्रदेशनम्वर ५ स्तरिय बृहत आमसभाको तयारी तीब्र पारिएको छ ।

यही चैत २८ गते तुलसीपुरस्थित अरनीको मैदानमा आयोजना गरिएको ५ नम्वर प्रदेशस्तरिय बृहत आमसभाको तयारी तीब्र पारिएको प्रचार प्रसार समितिका संयोजक अर्जुन योगीले जानकारी दिनुभयो । प्रदेशनम्वर ५ का सबै जिल्लाबाट जिल्ला तहका नेता, महाधिवेसन, महासमिति, भातृ संगठनहरुको सहभागिता हुने उक्त आमसभा बिशाल हुने दाबी गरिएको छ ।

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गर्दै देशका ७ वटै प्रदेशमा आमसभा गर्ने पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार दाङमा चैत २८ गते आयोजना गरिएको नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो । आमसभालाई भव्य रुपमा सम्पन्न गर्ने तयारी स्वरुप बुधबार प्रचार प्रसार समितिको बैठक बसेको छ । संयोजक अर्जुन योगीको अध्यक्षतामा बसेको बैठकले ब्यानर, पार्टीको झण्डा, माइकिङ, स्वागतद्वार, प्रकाशन तथा प्रशारणका बारेमा छलफल गरेको छ ।

प्रकाशन तथा प्रशारणका लागि नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको संयोजकत्वमा ५ सदस्यीय उप–समिति गठन गरिएको संयोजक योगीले जानकारी दिनुभयो । उपसमितिको सदस्यहरुमा युनियनका उपाध्यक्ष बसुन्धरा गौतम, सचिव देवेन्द्र बस्नेत, कोषाध्यक्ष शरद रेग्मी र सदस्य आरके शितललाई चयन गरिएको छ । माइकिङका लागि नेविसंघका ५ वटै क्षेत्रीय पदाधिकारीलाई जिम्मा दिएको छ ।

बैठकले चैत २७ गते बिहान ८ वजे घोराहीमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । बैठकमा प्रचार प्रसार समितिका सदस्यहरु सुशील बस्नेत, ताराबहादुर कार्की, देवराज पाठक, देवा डिसी, हरि पराजुलीको उपस्थिति थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post