दाङ, चैत २२ । सल्यानका विभिन्न स्थानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जसका कारण जिल्लामा चुनावी सरगर्मी बढेको छ । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलहरुका चुनावी सभा दिनहुँजसो भइरहेका छन् ।
जिल्लामा तीन नगरपालिका र सात गाउँपालिकामा गरी १० स्थानीय तहमा चुनाव हुुँदैछ । जस अनुसार ३ जना मेयर र उपमेयर तथा ७ जना गाउँपालिका अध्यक्ष र सात जना गाउँपालिका उपाध्यक्षको चुनाव हुनेछ ।
जिल्लामा रहेका १० स्थानीय तहमा रहेका ८३ वटा वडामा वडा अध्यक्ष र ८३ वडामा ३ सय ३२ सदस्यको चुनाव हुँदैछ । जिल्लामा सबैजसो दलहरु चुनावी माहोल आफ्नो पक्षमा पार्न व्यस्त छन् । अहिले एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वाला, माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेत लगायतका केन्द्रीय नेताहरु आफ्नो पक्षमा जनमत बटुल्दै दिनदिनै जिल्लाका विभिन्न स्थानमा हुने सभामा सहभागी भइरहेका छन् ।
मतदाताहरु चोकचोकमा उम्मेदवारको चर्चा गर्न थालेका छन् भने उम्मेदवारका आकांक्षीहरु टिकटका लागि दिनदिनै कार्यक्रममा व्यस्त छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । मुख्य तीन दललाई गुटगत समस्याका कारण उम्मेदवार छान्न सकस भएको देखिन्छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारहरुको टुंगो लगाइसक्ने बताउनुभयो । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षीहरु धेरै भएका कारण जिल्लामा उम्मेद्वारको टुंगो लगाउन ढिला भएको छ ।
शारदा नगरपालिका
जिल्लाको सदरमुकाममा रहेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चौथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट मेयरको उम्मेदवारको लागि प्रमुख दलहरुका आकांक्षीहरुमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली कांग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर ईकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् ।
यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेश कुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई मेयरको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले मेयरमा नेवार समुदायका मानिस अघि सारेर नगरको केन्द्र खलंगामा रहेको नेवार समुदायको फाइदा लिन खोजिरहेको देखिन्छ ।
बागचौर नगरपालिका
श्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइको नगरपालिका बनेको छ । यस नगरपालिकाका लागि माओवादीका पोलिटव्युरो सदस्यदेखि एमाले पूर्व जिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली कांग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट भने पूर्व अध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ ।
माओवादीको तर्फबाट पोलिटव्युरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भएपनि लोकमान बुढाथोकी, टीकाराम वली, ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षिय भिडन्त हुने अनुमान गरिएको छ ।
वनगाड कुपिण्डे नगरपालिका
वनगाड कुपिण्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटव्युरो सदस्य कर्णबहादुर बुढाथोकीबिच मेयरमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादी भित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली कांग्रेसबाट पुरुषोत्तम शर्मा र दिपेन्द्र विष्टले आकांक्षा देखाएका छन् ।
सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार
दार्मा गाउँ पालिकामा माओवादीको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, नेपाली कांग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादीको तर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् ।
यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा नेपाली कांग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्द मध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यि दुई गाउँपालिका माओवादीको बलियो पकड भएका गाउँपालिका हुन् ।
यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादीबाट प्रदिप बस्नेत र प्रकाश भण्डारी तथा नेपाली कांग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् भने लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसी आकांक्षी देखिएका छन् । यस गाउँपालिकामा माओवादीको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, कांग्रेसको तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी र राप्रपाको तर्फबाट गणेश भण्डारी र मंगलसिंह पुनको चर्चा छ । यि दुई गाउँपालिका एमालेको बलियो पकड भएका गाउँपालिका हुन् ।
यस्तै कालिमाटी गाउँपालिकामा नेपाली कांग्रेसबाट गणेश केसी, नेकपा एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेको तर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, नेपाली कांग्रेसको तर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रको तर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाको तर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् ।
केन्द्र विवादले जिल्लाबाटै काम कारवाही अघि बढाइरहेको छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्व जिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, नेपाली कांग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौद बहादुर बस्नेत र चन्द्र बहादुर वलीको नाम चर्चामा छ ।
पुरुषोत्तम गिरी/उज्यालो