मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २२ । चैत्रशुक्ल अष्टमी अर्थात् चैतेदशैं । आज शक्तिस्वरूपा भगवतीको पूजा आराधना गरिँदैछ ।  बिहान सबेरै उठी स्नान गरी देवीपुराण, दुर्गा सप्तशती९चण्डी०लगायत देवीमाहत्म्य पाठ गर्ने परम्परा छ।

यस्तै पायक पर्ने शक्तिपीठहरूमा पुगी देवीको पूजा आराधना गर्ने चलन छ। दाङका अम्विकेश्वरी, छिल्लीकोट, स्विकोटलगायतका मन्दिरमा श्रद्धालुको घुइँचो लागेको ।

पुराणहरूमा बताइएका चार नवरात्रमध्ये शारदीय नवरात्र र वासन्ती नवरात्रको विशेष महत्त्व रहेको बताइन्छ। शारदीय नवरात्र आश्विन शुक्ल प्रतिपदामा सुरु भई नवमीमा पूरा हुन्छ र विजया दशमीका दिन प्रसाद लगाउने परम्परा छ। चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई वासन्ती नवरात्र भनिन्छ।

अष्टमी तिथिलाई वैदिक पर्व मानिन्छ। पौराणिक रूपमा पनि देवीको उपासना गर्ने रूपमा अष्टमीको महत्त्व छ। नवरात्रको अष्टमीलाई झनै विशेष अवसर मानिन्छ।नवरात्रमा विशेषगरी शक्तिस्वरूपा भगवती नवदुर्गाको पूजा आराधना गरिन्छ। भगवतीका ९ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post