मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं,  चैत २०/ मलेसियाली मुद्रा रिङगेटमा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी नेपाली कामदार प्रत्यक्ष मारमा परेका छन्। रिङगेटमा आएको गिरावट करिब २ दशक यताकै सबैभन्दा बढी हो।

सन् १९९७ को एसियाली आर्थिक मन्दी यता रिङगेट सबैभन्दा कमजोर अवस्थामा पुगेको हो, नेपालसँग औपचारिक रुपमा करिब १६ वर्षे रोजगारी इतिहास बोकेको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाको श्रम बजार यतिवेला संकटपूर्ण बनेको छ। कलेसियाली राष्ट्रिय बैंक ‘बैंक नेगरा’ को तथ्यांकअनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिददर ३ दशमलव १० रिङगेट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिङगेट हाराहारीमा छ।

त्यतिबेला प्रतिरिङगेट ३३ रुपैयाँ सटहीदर भएकोमा हाल झरेर २३ रुपैयाँ ५० पैसा पुगेको छ। नेपालमा बढ्दो महँगी र बेरोजगारीका कारण मलेसियामा घट्दो रिङगेटको दोहोरो मारमा याहाँ कार्यरत नेपाली परेका छन्। मुलुकम बेरोजगारीका बाबजुद आफ्नो कमाइमै आश्रित परिवार धान्न गाह्रो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन्। ‘पहिला हजार रिङगेट पठाउँदा करिब ३३ हजार रुपैयाँ हुन्थ्यो’ मलेसियाको एक रेस्टुरेन्टमा काम गर्ने चितवनका हरि लामिछानेले भने।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post