दाङ, चैत ३० । विदेशमा सीप सिकेर नेपालमा व्यवसाय गरेका धेरै छन् तर विदेशी कम्पनीका नियमसमेत जस्ताको तस्तै लागू गरेर व्यवसाय गर्ने कमै पाइन्छन् ।
कालीमाटी रामपुर–६ कालाखोलाका चन्द्रप्रकाश वलीले विदेशमा गएर सीपमात्र सिकेनन् फर्केपछि आफ्नो घरलाई कम्पनीकै शैलीमा व्यवसाय गरेका छन् । उनले हरेक कामको लिखित नियम नै बनाएका छन् । घरमै व्यावसायिक बाख्रापालन, तरकारीखेती, खुद्रापसल र कुखुरापालन गरेका वलीले हरेक काममा समय व्यवस्थापन गरेका छन् ।
आफ्नो उत्पादन चार किलोमिटर टाढाको पुतलीबजारमा बिक्री गर्नेदेखि उपभोक्ताको माग सङ्कलन, बाख्रा, कुखुरालाई दानापानी दिनेसम्मको समय मिलाएका छन् । उनले बजारमा गएर सामान बिक्रीका लागि ढोका ढक्ढक्याउँदैनन् बजार पुग्नबित्तिकै सिटी बजाउँछन् । अनि सामान लिन ग्राहक सडकमै आउँछन् ।
“सामान बिक्री गरेर ११ बजे भित्र कम्पनीमा फकिन्छु,” उनले भने । नियमले मानिसलाई अनुशासित र व्यावसायिक बनाउने उनको बुझाई छ । बाख्रालाई कुन घाँस खुवाउने भन्ने सूची बनाएका छन् । लोकल र ब्रोइलर कुखुरालाई खुवाउने दानाको समेत उनले छुट्टै सूची बनाएका छन् । हरेक व्यवसायको चिनारीका लागि बोर्ड समेत राखेका छन् ।
“भोलिपल्ट बजारमा पु¥याउने सबै सामान बेलुकै तयार गर्छु,” वलीले भने । तीन वर्षअघि वली मलेसियामा कुखुरा फार्ममा काम गर्थे । त्यहाँ व्यावसायिक सीपमात्र सिकेनन् कम्पनी कसरी चलेको छ, कुन नियमले चलेको छ भनेर समेत थाहा पाए । “ अनुशासन पालना गर्न नीति नियम बनाउनै पर्दो रहेछ,” उनले भने ।
एक्लै सबै काम गर्न गाह्रो भए पनि समयको व्यवस्थापन गरेर गर्दा केही सहज भने भएको उनले बताए । बाख्रापालन र कुखुरापालनबाट आएको मलबाट उनले तरकारीखेती गरेका छन् । छ रोपनीमा तरकारीखेती गरेका वलीले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गरिरहेका छन् । तरकारी बिक्री गर्न बजार पुग्नुपर्छ तर कुखुरा, खसी, र बाख्रा किन्न भने घरमै आउने गरेका छन् ।
वलीले बाख्रा र कुखुराको खोर व्यवस्थापन आधुनिक तरिकाले गरेका छन् । सबै स्थानीय स्रोत साधनको प्रयोग गरेर । “व्यवसाय गर्दा कामप्रतिको प्रतिबद्धता चाहिन्छ, प्रतिबद्धता पूरा गर्न म आफैँलाई लाग्ने र यहाँ हेर्न आउने सबैलाई लागु हुनेगरी नीति नियम बनाएको छु,” उनले भने । अहिले उनको व्यवसाय फस्टाउँदै गएको छ ।