मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, चैत २३ । नेकपा एमालेका स्थायी समिटी सदस्य शंकर पोख्रेलले कांग्रेस र माओवादी केन्द्रका सहमतिको वातावरण बिथोलिएको बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका वडानम्वर ५ को भेलालाई सम्बोधन गर्दै पोख्रेलले सरकारको नेतृत्व गरिरहेका माओवादी–कांग्रेसकै कारण सहमति बिथोलिएको बताउनुभएको हो ।

सरकारले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुको साटो उग्र बनाएको बताउँदै स्कुल विभागका उप–संयोजकसमेत रहनुभएका पोख्रेलले भन्नुभयो, ‘कांग्रेस र माओवादी केन्द्रको व्यवहारकै कारण मधेसी मोर्चा उग्र हुँदै गएको छ । सकिन लागेको मेधसी मोर्चालाई सरकार परिवर्तन गरेर बचाउने काम कांग्रेस–माओवादीका साथीहरुले गर्नुभयो । जसका कारण अहिले मुलुक असहमतिको वातावरणतर्फ लम्किदैछ ।’

केपि वली नेतृत्वको सरकारले गरेको लोकप्रिय कार्यक्रम देखेर अत्तालिएका कांग्रेस र माओवादी केन्द्रले बिग्रहकारी मोर्चालाई साथ ल्याएर पुलपुल्याएको पोख्रेलको भनाई थियो । ‘गोविन्द केसीको अनसनको समर्थनमा हजारौं समर्थकहरु सडकमा उर्लन्थे । तर, तराईमा आन्दोलन तुहिइएपछि काठमाडौँमा आएर अनसनमा बसेका मोर्चालाई हेर्नजाने मान्छेको संख्या एक सय पनि हुँदैन्थ्यो । जब सरकार परिवर्तन भयो मोर्चा हावी भयो’, पोख्रेलले भन्नुभयो,‘मुलुकमा फैलिएको बिग्रहको जिम्मा कांग्रेस–माओवादी केन्द्रले लिनुपर्छ ।’ 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post