मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २४ । नेपाल सांस्कृतिक पेशागत संघ जिल्ला कार्यसमितिको बैठक घोराहीमा सम्पन्न भएको छ । संघका संयोजक कमल वलीको अध्यक्षता तथा नेपाल पेशाकर्मी संघका अध्यक्ष सानुनारायण अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले पदाधिकारीको संरचनालाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

संयोजक र बाँकी सदस्यको संरचनामा रहदै आएको संघको पदीय संरचनालाई परिवर्तन गर्दै अध्यक्षात्मक प्रणालीमा रुपान्तरण गरेको छ । जस्को अध्यक्ष कमल वली, उपाध्यक्षमा कमला वली बस्नेत, महासचिवमा अर्जुन पन्थी, सचिवमा नवीन अभिलाषी, कोषाध्यक्ष जुनु नेपाली रहनुभएको छ । जस्को सदस्यहरुमा लक्ष्मी अधिकारी, रामलौटन चौधरी, लालमणी आचार्य, प्रकाशप्रिय कुसुम्या, युवराज घर्ती, मिलन बुढा र रोहन वली रहनुभएको छ । जसमध्ये मिलन बुढा र रोहन वलीलाई बैठकले सदस्यमा मनोनयन गरेको हो ।

यस्तै बैठकले ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको छ । जस्मा सानुनारायण अधिकारी, उद्दव न्यौपाने, सावित्रा विश्वकर्मा, सविन प्रियासन, टोपेन्द्र विष्ट, दामोदर बस्नेत, वसन्त विवश आचार्य रहनु भएको छ । बैठकले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका प्रतिनिधिहरुलाई जीताउनका लागि भुमिका खेल्ने निर्णय पनि गरेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post