मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

आरती गिरी,  
बिजौरी, चैत २५ । कानुनको बारेमा आम नागरिकलगायत सबै व्यक्ति जानकार हुनुपर्ने र पीडा नलुकाई सबैले कानुनी परामर्स लिन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अझै पनि कानुनको बारेमा धेरै नागरिक जानकार नहुँदा दुःख पीडा लुकाई घरभित्रै बस्न बाध्य भएकाले कानुनी शिविर जस्ता कार्यक्रम समुदायमा राख्न आवश्यक रहेको पनि उनीहरुको जोड थियो ।

यस्ता कार्यक्रमहरुले न्यायको बारेमा जानकार हुन मद्दत गर्नुका साथै सबैको पहँुच न्यायमा पुग्न सक्ने पनि उनीहरुले बताएका थिए ।  बिहीबार साविकको बिजौरी गाविस हाल तुलसीपुर उपमहानगरपालिका १८ संग्राममा भएको कानुनी शिविर उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । बिपन्न र सिमान्तकृत समुदायको सवलीकरणबाट सुरक्षा र न्यायमा पहँुच स्थापना गर्ने उद्देश्यका साथ कानुनी शिविर कार्यक्रम गरिएको कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) दाङका संयोजक मोहन धितालले जानकारी दिनुभयो ।

कानुनी सहायता स्वयंसेवक समितिका संयोजक शोभा शर्माको अध्यक्षता एवं उच्च अदालत तुलसीपुरका वरिष्ठ अधिवक्ता वामदेव शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त शिविर उद्घाटन कार्यक्रममा विजौरी सामुदायीक मेलमिलाप केन्द्रका संयोजक दुर्गाबहादुर विश्वकर्मा, महिला तथा बालबालिका कार्यालय बिजौरीका संयोजक सीता वली, वडा नागरिक मञ्च विजौरीका संयोजक सोमराज गौतम, सशस्त्र प्रहरी बल संग्रामका प्रहरी जवान भरत वली, रेडियो तुलसीपुरका पूर्ण केसी मुस्कानलगायकाले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच कार्यक्रममा उच्च अदालत तुलसीपुरका वरिष्ठ अधिवक्ता वामदेव शर्मा र अधिवक्ता पुस्कर भण्डारीलगायतकाले आम नागरिकलाई निःशुल्क कानुनी परामर्श दिनुभएको थियो । करिव ६० बढीको सहभागीता रहेको उक्त कार्यक्रमको विषयवस्तुमाथि अधिवक्ता एवं सेलर्ड दाङका संयोजक मोहन धितालले प्रकाश पार्नुभएको थियो ।

युकेएडको सहयोग, सर्चफर कमनग्राउण्डको र कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) दाङको आयोजनामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन मेलमिलापकर्ता मीना वलीले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post