मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता,
भालुवाङ्ग, चैत २४ । नेकपा एमाले गढवा गाउँपालिकाले आफ्नो कार्यक्षेत्र साविकका गोवरडिहा, गढवा, गंगापरस्पुर र कोइलावास गाविसहरुमा स्थानीय तहको पुनर्संरचनासँगै धमाधम वडा भेलाहरु सम्पन्न गरिरहेको छ । जस अनुसार वडानम्वर १, २, ३ ४ र ५ मा वडाकमिटी गठन भइसकेको एमाले गढवाले जनएको छ ।

यसैबीच एमाले गढवाको वडानम्वर ६ को कार्यकर्ता भेला बिहीबार गढवामा सम्पन्न भएको छ । एमाले दाङका सदस्य तथा गढवा गाउँपालिकाका उपसंयोजक कालिराम चौधरीको अध्यक्षता र जिल्ला सल्लाहकार भगवतिप्रसाद चौधरीको प्रमुख आतिथ्यता एवं जेष्ठ कम्युनिष्ट मञ्च दाङका सदस्य भेषराज ढुङ्गानाको विशिष्ट आतिथ्यतामा वडानम्वर ६ को वडा भेला सम्पन्न भएको छ ।

भेलाले मोहनसिंह बुढाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी र ९ सदस्यीय सचिवालयको गठन गरेको छ । जसको उपाध्यक्षमा मधा न्यौपाने, सचिव गोविन्द रोका र सहसचिवमा सविना खातुनलाई चयन गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका सदस्य खिमबहादुर बुढा मगरले दिनुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post