मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २९   । व्यवस्थापिका संसद्को सबैभन्दा लामो अधिवेशन अहिले चलिरहेको छ । चालू बर्खे अधिवेशनमा १२६ वटा बैठक बसिसकेको छ । अझै कति बैठक बस्ने हो ? टुंगो छैन ।

२१ वैशाख २०७३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अधिवेशन बोलाएको थियो । तर, सोही अधिवेशनका क्रममा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भयो । कांग्रेस–माओवादी गठबन्धनको सरकारले झन्डै एक वर्षदेखि बर्खे अधिवेशन अन्त्य गर्न चाहेको छैन ।

संसद्कै इतिहासमा चालू अधिवेशन सबैभन्दा लामो बनेको संसद् सचिवालयका कर्मचारीहरु बताउँछन् । संसद् सचिवालयका सहप्रवक्ता डिल्लीराम रिज्यालले सरकारले अधिवेशन अन्त्य गर्ने कुनै योजना नल्याएको कारण लम्बिरहेको जानकारी दिए । संसद्को बैठक आह्वान गर्ने र अन्त्य गर्ने अधिकार सरकारसँग रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post