घोराही, चैत २९ । नेकपा एमाले घोराही उपमहानगरपालिका वडानम्वर १२ मा सोमबार पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडानम्वर १२ का संयोजक द्रोर्ण बहकरीको अध्यक्षतामा भएको भेलामा गिरु विक र जागेन्द्र विष्टको सक्रियतामा कांग्रेस, माओवादीलगायतका विभिन्न पार्टी परित्याग गरी १ सय २ जना नेकपा एमालेमा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद भागवत विश्वासीले टीका लगाएर पार्टीमा प्रवेश गराउनुभएको थियो । भेलाको प्रमुख अतिथिसमेत रहनुभएका विश्वासीले नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिएर पार्टीको काममा खटाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उहाँले दाङसहित देशभर एमालेप्रति जनताको आकर्षण बढेको भन्दै अहिले कांग्रेस र माओवादी आत्तिएर विभिन्न बखेडा झिकेको आरोप लगाउनुभयो ।
सो अवसरमा एमाले दाङका पूर्व अध्यक्ष लक्ष्मण आचार्य, घोराहीका पूर्व मेयर अम्मर डाँगी, एमाले नेताहरु शम्भु गौतम, भानु गौतम, दामोदर अधिकारी, कुमार दसौदी, नरुलाल चौधरी, लछिनप्रसाद बुढा, नारायण तर्ताललगायतकाले बोल्नु भएको थियो । भेलाको सञ्चालन प्रकाश घिमिरेले गर्नुभएको थियो ।