मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

देविराम कुसारी,
दाङ, चैत २१ । समुदायलाई स्वास्थ बनाई विश्व विकाससँगै अगाडि बढ्नका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आइतबार दाङमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले जोड दिएका छन् ।

उनीहरुले समाज समृद्ध बनाउनका लागि समुदायका व्यक्ति स्वस्थ्य हुनुपर्ने र स्वस्थताका लागि पोषणको आवश्यक भएको भन्दै अब समुदाय स्तर बाटै पोषणका योजना बनाइनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना तथा सुआहारा कार्यक्रमको साझेदारीमा भएको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी तीनदिने तालिम समापनको अवसरमा बोल्दै स्थानीय विकास अधिकारी एवं जिल्ला पोषण तथा खाद्य निर्देशक समितिका अध्यक्ष कुलबहादुर जिसीले पोषण जस्तो महत्वपूर्ण विषयको लक्ष्य प्राप्तिका लागि सबै सरोकारवाला निकाय बीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

समाजको विकासका लागि ठूलो भुमिका खेलका सामाजिक परिचालकको काँधमा अप पोषणको जिम्मेवारी पनि आएको भन्दै यसमा दत्तचित्त भएर लाग्न सबै सामाजिक परिचालकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रलेले समापन कार्यक्रममा तालिमका प्रशिक्षक सञ्जय लम्साल, सुआहारा कार्यक्रम संयोजक सुरज शर्मा, सामाजिक परिचालक देविराम कुसारी, फिल्ड सुपरभाइजर संगीता सुवेदीलगायतले पोषणको महत्वका बारेमा बोल्नुभएको थियो ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलको आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीले समाजलाई स्वास्थ बनाउनका लागि बहुक्षेत्रीय पोषण योजना बन्नुपर्ने बताएका छन् । तालिममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल र कृष्ण आचार्यले संघिय संरचनाका बारेमा जानकारी दिनुभएको थियो ।

जिल्ला समन्वय समितिका सामाजिक परिचालक, सुआहारा कार्यक्रमका संयोजक र फिल्ड सुपरभाइजर गरी करिव ६० जनाको सहभागिता रहेको तालिमको श्रोत व्यक्तिरुपमा सञ्जय लम्साल र महेन्द्र घिमिरे रहनुभएको थियो । समापन कार्यक्रमको सहजीकरण सुआहाराका गोविन्द पौडेलले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post