दाङ, चैत २१ । पेटमा मासु पलाएर थलिनुभएकी साविक शैघा हाल घोराही उपमहानगरपालिका वडानम्वर १९ निवासी गरिब तथा बिपन्न विष्णु विकको निःशुल्क अप्रेसन हुने भएको छ । पेटमा मासु पलाएपछि लामो समयदेखि बिरामी रहनुभएकी विकको राप्ती उपक्षेत्रीय अस्पतालमा निःशुल्क अप्रेसन हुन लागेको हो ।
राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका सदस्य दीपक पाण्डेको पहलमा उपक्षेत्रीय अस्पतालमा पेटमा पलाएको मासुको निःशुल्क अप्रेसन हुने भएको हो । आर्थिक अभावका कारण करिव ५ वर्षदेखि उहाँको पेटमा पलाएको मासुको अप्रेसन हुन सकेको थिएन । अप्रेसन गर्दा धेरै रकम लाग्ने भएका कारण आफूले उपचार गर्न नसकेको विकले बताउनुभयो ।
उपचार गर्न करिव ९० हजार लाग्ने भएकाले आफूले उपचार गर्न नसकेको उहाँले बताउनुभयो । शिक्षक वसन्त सेजवालले पेटमा मासु पलाएर वर्षौंदेखि बिरामी रहनुभएकी विकलाई उपक्षेत्रीय अस्पतालमा लिएर आएपछि अस्पताल विकास समितिका सदस्य पाण्डेले पहल गरेर बिपन्न परिवार विकको निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाउनुभएको हो ।
गरिव तथा बिपन्न परिवारको निःशुल्क उपचार गर्ने सरकारी कार्यक्रमलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न आफूले उहाँको उपचारको व्यवस्था मिलाएको र आउँदा दिनमा असहाय, दुखीहरुको निःशुल्क उपचार गर्न अस्पताल परिवार तयार रहेको बताउनुभयो । ‘शिक्षक वसन्त सेजुवालले पेटमा मासु पलाएर वर्षौंदेखि उपचारबाट बञ्चित हुनुभएकी शैघाकी विष्णु विकलाई लिएर मकहाँ आउनुभयो, आर्थिक अभावका कारण रोग लुकाएर बसेको भनेपछि मलाई साह्रै दुःख लाग्यो’, पाण्डेले भन्नुभयो, ‘मैले तत्कालै अस्पतालका निमित्त मेसुलाई भेटेर उहाँको निःशुल्क उपचार गर्न भने र उहाँले सहर्ष स्विकार गर्नुभयो । अब उहाँको निःशुल्क अप्रेसन हुने भएको छ ।’
अप्रेसनमा लाग्ने खर्च अस्पताल विकास समिति र अस्पतालले बेहोर्ने सदस्य पाण्डेले बताउनुभयो । साथै विक निःशुल्क अप्रेसनका लागि अस्पतालमा भर्ना भई सक्नुभएको छ । निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाउने अस्पतालका निमित्त मेसु डा. जनाद्र्धन पन्थीलाई सदस्य पाण्डेले धन्यवादसमेत दिनुभएको छ । समाचार गणतन्त्र दैनिकले छापेको छ ।