दाङ, चैत २१ । दाङमा स्थानीय निर्वाचनको तयारी तीब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय दाङले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको हो ।
अनुमानित मतदाता नामावली पठाउनेदेखि मतदानस्थल तोक्ने काम सकिएको छ । निर्वाचनको आवश्यक सुरक्षाका लागि म्यादी प्रहरीको छनौट प्रक्रिया अहिले चलिरहेको छ । जिल्ला निर्वाचन अधिकारी विजय कार्कीले निर्वाचनको तयारीलाई जारी राखिएको भन्दै हालसम्म मतदाता नामावली, मतदान स्थल तोक्ने, निर्वाचन गराउन आवश्यक पर्ने जनशक्तिको विवरण संकलन गर्ने कार्य सकिएको जानकारी दिनुभयो ।
उहाँले निर्वाचनका लागि जिल्लाबाट हुनुपर्ने आधाभन्दा बढि कार्य सम्पन्न भइसकेको र कार्यालयले पठाएको अनुमानित विवरणलाई अन्तिमरुप दिने काम केन्द्रीय निर्वाचन आयोगको रहेको बताउनुभयो । ‘हामीले निर्वाचनका लागि तयारी गर्नुपर्ने कामहरु आधाभन्दा बढि सकिसकेका छौं । हामीले अन्तिमरुप दिने होइन, अनुमानित विवरणको अन्तिमरुप दिने काम केन्द्रिय निर्वाचन आयोगको हो’, जिल्ला निर्वाचन अधिकारी कार्कीले भन्नुभयो, ‘सरकारले तोकेको समयमा स्थानीय तहको निर्वाचन गराउन हामीहरु तयार छौं ।’
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि जिल्लामा निर्वाचनका क्रियाकलापले गति लिएका छन्, भने जिल्लाका राजनीतिक दलहरुले वडा, गाउँ, नगरमा चुनावी कार्यक्रमहरु सुरु गरिसकेका छन् । जसका कारण चुनावी वातावरण तात्दै गएको छ । निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार २ लाख ९१ हजार ९ सय ४१ जनाको मतदाता नामावली केन्द्रीय निर्वाचन आयोगमा पठाइएको छ । आयोगले जिल्लाबाट पठाएको मतदाता नामावलीको रुजु गरेर पठाएमा मात्र मतादाता नामावली अन्तिम टुंगो लाग्ने कार्यालयको भनाई छ ।
सुरक्षालाई ध्यान दिँदै निर्वाचनका लागि १ सय ५१ वटा मतदान स्थलहरु तोकिएको छ । ती मतदान स्थलमा मतदाताहरुको सजिलोका लागि ३ सय ४५ देखि ३ सय ५० केन्द्र तोकिने जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो । प्रत्येक मतदान स्थलमा र केन्द्रमा आवश्यक्ता अनुसार सुरक्षाका लागि प्रहरी खटाइने छ । निर्वाचनको तयारीको सन्दर्भमा निर्वाचन कार्यालयले एक महिने मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । निर्वाचनमा जनसहभागिता बढाउनुका साथै बदर मत न्यूनीकरण गर्ने उद्देश्यले कार्यालयले गाउँ–गाउँमा एक महिने मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । जसका लागि ३ सय ४५ जना स्वयसेवक छनौट गरी निर्वाचन शिक्षा सम्बन्धि तालिम दिने कार्य सुरु हँुदैछ ।
चैत २२ गतेदेखि २७ गतेसम्म १२ वटा समूह बनाएर प्रत्येक समूहलाई दुई दिनका दरले निर्वाचन शिक्षा दिइने कार्यालयले जनाएको छ । तालिमपछि मतदाता स्वयंसेवक निर्वाचन सम्बन्धी प्रचार–प्रसार सामग्री, स्टिकर, सचेतनामुलुक क्लिप चार्ट लिएर गाउँ–गाउँ जानेछन् । उनीहरुले मतदाताहरुलाई कसरी मतदान गर्ने, मतदाताको अधिकार र कर्तव्यलगायतका थुप्रै विषयबस्तुमा प्रशिक्षित गर्नेछन् । सरकारले स्थानीय तहको निर्वाचनका बारेमा जनतालाई बुझाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्थानीय तह निर्वाचनलाई सफल बनाउन ३ सय ४५ जना निर्वाचन शिक्षा कार्यकर्ता तयार गरी उनीहरुलाई बैशाख १ गतेदेखि प्रत्येक गाउँ–गाउँमा खटाइने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रत्येक वडाभित्रकै व्यक्तिहरुलाई तालिममा सहभागी बनाएर नमुना मतपत्रसहीत भोट हाल्ने तरिका, आचारसंहितासहित बदर मतको संख्या कसरी घटाउन सकिन्छ भन्नेबारे मतदाता स्वयसेवकले जनतालाई बुझाउने छन् । तालिम लिएका एक जना निर्वाचन स्वयंसेवकले एक हजार मतदाताहरुलाई भोट हाल्ने तरीका सिकाउनेछन् । मतदाता शिक्षा कार्यकर्ताअर्थात् स्वयंसेवकलाई प्रशिक्षित गराउन पाँचजना तालिमप्राप्त प्रशिक्षक रहेका छन् । स्थानीय निकायहरु तहमा रुपान्तरण हुँदा परिवर्तन भएको हालको ठेगाना अनुसार नै मतदान परिचय पत्रको व्यवस्था आयोगले गर्नेछ ।
दाङलाई १० वटा स्थानीय तहमा विभाजन गरिएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकासहित एउटा नगरपालिका र ७ वटा गाउँपालिकामा जिल्लालाई विभाजन गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि दाङमा २७ वटा दल दर्ता भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढि मतदाता घोराही उपमहानगरपालिकामा ७८ हजार ६ सय ४७ रहेको छ , भने सबैभन्दा कम राजपुर गाउँपालिकामा १० हजार ४ सय ५२ रहेको छ ।
त्यस्तै बबई गाउँपालिकामा १६ हजार १ सय ५२, वंगलाचुली गाउँपालिकामा ११ हजार ४ सय ३९, दंगिशरण गाउँपालिकामा १३ हजार ४ सय ६१, गढवा गाउँपालिकामा २१ हजार १ सय १५, लमही नगरपालिकामा २४ हजार ९ सय ५८, राप्ती गाउँपालिकामा २२ हजार ९ सय २१, शान्ति नगर गाउँपालिकामा १५ हजार ६ सय ५९ र तुलसीपुर उपमहानगरपालिकामा ७७ हजार १ सय ३६ मतदाता रहेका छन् । समाचार गणतन्त्र दैनिकले छापेको छ ।