मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २१ । दाङमा म्यादी प्रहरीका लागि आवश्यक संख्या भन्दा चार गुना बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाका लागि खटाउन दाङसहित देशैभरका ७५ जिल्लाहरुमा ७५ हजार म्यादी प्रहरीका लागि आवेदन सरकाले माग गरेको थियो ।

यद्यपि दाङमा भने आवश्यक संख्या भन्दा चार गुना बढी आवेदन परेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार जिल्लामा आवश्यक संख्या १ हजार ३ सय ४० मात्रै भए पनि म्यादी प्रहरीका लागि आवेदन दिनेको संख्या भने ५ हजार ८ सय ४२ रहेको छ ।

म्यादी प्रहरी हुन १८ वर्ष पुरा भई ५२ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, कुनै फौजदारी अभियोगको सजाय नभोगेको, ५ फिट २ इञ्च भन्दा कम उचाई नभएको व्यक्तिलाई अवसर प्रदान गरिने उहाँको भनाइ छ । समाचार गणतन्त्र दैनिकले छापेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post