मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चितवन, १३ जेठ – भरतपुर महानगरपालिकामा भइरहेको मतगणनामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार देवी ज्ञवाली फेरि उकालो चढेका छन् । उनले हाल सम्म ३४ हजार ४ सय ९१ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १६ को मतगणना चलिरहेको छ । यो अवस्थामा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले चाहिँ ३२ हजार ९ सय ४२ मत ल्याएकी छन् ।

वडा नम्बर १६ मा ५७ सय ९ मत खसेको छ । अहिले सम्म १५ सय ४९ मत गनिएको छ । यो वडामा देवीको १५० मत बढि आएको छ । पछिल्लो ६ सय मत गन्दा देवी रेणु भन्दा ११ भोटले अघि थिए । यसरी हेर्दा फेरि देवी उकालो लाग्दै गरेको देखिन्छ । मत अन्तर सामान्य बढिरहेको पनि छ ।

सुरु देखिनै देवीले रेणुलाई लिड गरिरहेका छन् । हिँजो देखि रेणुले लगातार मत अन्तर घटाएकी थिइन् । तर आज विहान फेरि झिनो अन्तरले देवीले बढी मत ल्याएका छन् । उनले मत झिनो अन्तरले बढी आउँदा पनि उनलाई फाइदा पुग्छ । किनकी उनलेनै अहिले लिड गरिरहेका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post