सुशील बस्नेत,
दाङ, जेठ १२ । युवा जनशक्तिलाई राज्यले परिचालन गर्नसके मुलुकले सम्बृद्धिमा फड्कको मार्नसक्ने शुक्रबार तुलसीपुर नगर जेसीसले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
वार्षिक कार्यक्रमअन्तर्गत सप्ताह व्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले ४० प्रतिशत भन्दा बढी युवाहरु शक्ति भएको नेपालमा उनीहरुलाई परिचालन गर्न पर्नेमा जोड दिएका छन् । सृजनशील सोच र काम गर्नसक्ने १८ देखि ४० वर्ष उमेरका युवालाई परिचालन गर्दा देशले हेरक क्षेत्रमा फड्को मार्नसक्ने विचार उनीहरुको थियो । तर, राज्यबाट पछिल्ला दिनमा युवाहरुलाई सशक्तिकरण गर्ने प्रयास गरिए पनि अझै प्रभावकारी व्यवस्थापन हुन नसकेको गुनासो उनीहरुको गुनासो थियो ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष बिमलकुमार पौडेलको अध्यक्षता एवं मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवं पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन शत्रमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजाल, जेसीजका बरिष्ठ सल्लाहकार कुशल तर्ताल, त्रिभुवननगर जेसीजका अध्यक्ष दीपक शर्मा, मानव अधिकारकर्मी निर्मल नेपाली, तुलसीपुर नगर जेसीसका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल, सूर्यप्रकास शर्मा, सदस्य दामोदर न्यौपानेलगायतले बोल्नुभएको थियो ।
सोही अवसरमा २०५४ सालदेखि रिक्सा चलाई ३ छोरी र १ छोरालाई राम्रो शिक्षा दिई परिवारलाई व्यवस्थापन गर्न सफल व्यक्ति खेमलाल जैसीलाई तुलसीपुर नगर जेसीजले सम्मान गरेको थियो । यसैबीच जेसीज सप्ताहअन्तर्गत भोलि १३ गते फुटबल प्रतियोगीता तुलसीपुरमा, १४ गते बालबालिकालाई शैक्षिक सामग्री बितरण, १५ गते चमेरे गुफा जाने बाटो कालोपत्रे सम्बन्धी अन्तत्र्रिmया, १६ गते ट्राफिक सचेतना, १७ गते वल्ड ग्रुप क्याम्प र जेठ २० गते समापन गरिने कार्यक्रम संयोजक कान्तुराम खनालले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण महासचिव दीपेश भण्डारीले गर्नुभएको थियो ।