दाङ, जेठ १२ । दसौं पटकसम्म त्रिवि शिक्षण अस्पताल परिषरमा अनशन बसेका प्राडा. गोविन्द केसी यस पटकको अनशन दाङको घोराहीमा बस्ने भएका छन्। भोलिबाट सुरु हुने अनशन दाङको घोराहीमा हुने प्राडा. केसीका विद्यार्थी तथा सहयोगी डा. सुमन आचार्यले बताए।
उनले भने, ‘आज बेलुकासम्म माग पूरा भएन भने सरले भोलि शनिबारबाट अनशन सुरु गर्नुहुनेछ र त्यो यसपटक त्रिवि शिक्षण अस्पतालमा होइन दाङमा हुनेछ।’ सरकारले यसभन्दा अगाडिको अनशनमा प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल बनाउने भन्ने सम्झौता भए पनि त्यसको स्थापनामा केही चासो नदेखाएको भन्दै दबाबस्वरुप दाङबाट अनशन सुरु गर्न लागेका सहयोगी डा. आर्चायले बताए।
उनले भने, 'यसभन्दा अगाडिको अनशनमा प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना सम्झौता भएको थियो, अहिलेसम्म सरकारले सो कार्य अगाडि नबढाएको हुँदा सरले दबाबस्वरुप दाङको घोराहीबाट अनशन सुरु गर्न लाग्नु भएको छ।' डा . केसीले आफूसँग विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्ने र सर्वोच्च अदालतका प्रधानन्यायधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने माग अघि सारेका छन्।
गत ९ जेठदेखि नै एघारौं अनशन सुरु गर्ने भने पनि अन्तिम समयमा आएर तीन दिन पर्खिएका थिए। डा. सुमनले यसपटकको अनशन उपत्यकामै बस्ने अवस्था आएको खण्डमा पनि अस्पतालमा नबस्ने मनसायमा डा. केसी रहेको समेत बताए। ‘अस्पतालमा बस्दा उपचार सेवा प्रभावित हुन्छ भन्ने हिसाबले उहाँ यसपटक काठमाडौंमै अनशन बसे पनि कुनै सार्वजनिकस्थलमा बस्ने विचारमा हुनुहुन्थ्यो तर फेरि अहिले दाङ जाने तयारीमा हुनुहुन्छ,’ उनले भने।