मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सुशील बस्नेत,
दाङ, बैशाख २६ । युवा सञ्जालमा आवद्ध युवाहरुले घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियान र जिल्लाको सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन सुशासनको क्षेत्रमा सहयोग गर्ने जनाएका छन् ।

साविक त्रिपुर नगरस्तरिय युवा सञ्जालले मंगलबार आयोजना गरेको नेतृत्व विकास तथा बैदेशीक रोजगार सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम समापनमा सहभागीहरुले सुशासन विना नागरिकले प्रभावकारी सेवा पाउन नसक्ने भन्दै हरेक निकायमा आवश्यकता अनुसार सहयोग गर्ने युवा सञ्जालका बिनोद बिक र सुनिता चौधरीले बताउनुभयो ।

सञ्जालका संयोजक शिव श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुबोध रेग्मीको प्रमुख आतिथ्यतामा भएको उक्त अभिमुखीकरण कार्यक्रम समापन कार्यक्रममा बिक र चौधरीले सरसफाई महत्वपूर्ण पक्ष भएकाले युवाहरुले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
उक्त अवसरमा घोराही उपमहानगरपालिकाका कार्यक्रम अधिृकत बिपना बर्ताैला, पत्रकार सुशील बस्नेत, आदिबासी जनजाति महासंघका ध्रुव बाठा मगरलगायतले बोल्नुभएको थियो ।

अभिमुखीकरणमा ७० बढी युवायुवतीको सहभागिता रहेको थियो । प्रशिक्षकमा सुबोध रेग्मी, किरण आचार्य, सुशील बस्नेत हुनुहुन्थ्यो भने सहजीकरण डम्वर गौतमले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post