मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख २६ । नेपाली कांग्रेस घोराही उप महानगरपालिका वडानम्वर १८ को गिठेपानी फुर्सेखालीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ईकाई संयोजक मधुसुदन अधिकारीको अध्यक्षता तथा महासमिति सदस्य अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानीय तहको चुनावमा नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गरेका थिए । नेपाली कांग्रेस विकासप्रेमी पार्टी भएकाले कांग्रेसले जीतेमा विकास निर्माणका कार्य अगाडि बढ्ने उनीहरुको भनाई रहेको छ । स्थानीय तहको चुनावमार्फत् जनताले धेरै अधिकार प्राप्त गर्ने भएकाले सक्षम नेतृत्व आवस्यक पर्ने बताए ।

उनीहरुले विभिन्न पार्टीले देखाउने प्रलोभनमा नपर्न जनताहरुलाई आग्रह गरेका थिए । त्यस अवसरमा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य कमानसिंह भारती, पूर्व जिल्ला सह–सचिव गोपालराज शर्मा, क्षेत्रीय सचिव बद्रीकुमार खड्का, नगर सभापति मनोज बुढाथोकी, नगर सचिव दिनेश अधिकारी, क्षेत्रीय प्रतिनिधि टीकाराम नेपाली, कांग्रेस नेताहरु टंकेश्वर पौडेल, भरतमणि पौडेल, भुवन गौतम, लोकराज सुवेदी, केशर रावत, नेपाल महिला संघ क्षेत्र नम्वर ३ का सचिव पार्वता योगी, नेपाल विद्यार्थी संघ क्षेत्रनम्वर ३ का सभापति तिलक रावत, समाजसेवी दामोदर अधिकारी, उज्यालो विहानी फाउण्डेसनका गिरबहादुर महरालगायतकाले भनाई राख्नुभएको थियो ।

यसोदा पाण्डेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण ईकाई सचिव घनबहादुर रावतले गर्नुभएको थियो । त्यस अवसर गिठेपानी फुर्सेखाली नेपाली कांग्रेस टोल समिती गठन गरिएको थियो । समितिको संयोजकमा केशर रावत रहनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post