मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ९ । जिल्लाका दुई स्थानमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत झिमरुक र गर्तङखोलामा पुल निर्माण कार्य अघि बढेको जिल्ला समन्वय समिति प्यूठानले जनाएको छ ।

झिमरुक गाउँपालिकाको मच्छी ढाँड–तुषारा जोड्ने एक सय दुई मिटर लामो पक्की पुल ४ करोड २ लाख ७८ हजार १ सय २ रुपैयामा सम्झौता भई काम अघि बढेको छ । निलगिरी÷आँशु जेभीले ०७४ असोज २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको जिल्ला प्राविधिक कार्यालय प्यूठानका इञ्जिनियर चन्द्र शाहले बताउनुभयो ।

झिमरुक गाउँपालिकाअन्तर्गत गर्तङ खोलामा बांगेमरोट–सौतामारे जोड्ने २० दशमलव ६५ मिटर लम्वाई रहेको पुल निर्माण कार्य अघि बढेको छ । जयबुद्ध÷निशान जेभीले १ करोड ५० लाख ७३ हजार १ सय ९८ रुपैयामा ०७५ बैशाख १४ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यालयका इञ्जिनियर शाहले बताउनुभयो ।

त्यसैगरी स्थानीय सडक पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रमअन्तर्गत गतवर्ष बाढीले क्षति पु¥याएका पक्की पुल मर्मतको काम समेत अघि बढको जिल्ला प्राविधिक कार्यालय प्यूठानले जनाएको छ । चुकाह पुलका लागि २० लाख र विजुवारको पुलका लागि १५ लाख रुपैया बजेट प्राप्त भएको इञ्जिनियर शाहले बताउनुभयो । चुकाहमा उपभोक्ता समितिमार्फत् र विजुवारमा ठेक्कामार्फत् काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
»
Previous