मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ६ । सल्यानको शारदा नगरपालिकाको मेयरमा पूर्व स्थानीय विकास अधिकारी (एलडिओ) भएर काम गरिसकेका सुरेश अधिकारी निर्वाचित हुनुभएको छ  । उहाँ नेकपा एमालेका राम कुमार खड्गीलाई पराजित  गर्दै विजयी हुनुभएको हो । उहाँले ४ हजार २ सय १४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी खड्गीले ३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभयोे ।

२०५२ सालदेखि जिल्ला विकास समिति सल्यानमा वरिष्ठ कार्यक्रम अधिकृतको रुपमा काम रहेका अधिकारीले २०६३ चैतमा मात्रै सरकारी सेवाबाट राजीनामा दिएर राजनीति गर्नुभएको हो । जिविसमा कार्यरत हुँदा उहाँले नेपाली कांग्रेस सम्वद्ध कर्मचारी संगठनमा विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । २०६२ सालमा जिविसमा ९ महिना निमित्त स्थानीय विकास अधिकारीको रुपमा काम उहाँले काम गर्नुभएको थियो ।
यस्तै, उपमेयरमा निर्वाचित सावित्रा बस्नेत घर्ति शिक्षको जागिर छाडेर राजनीति गर्नुभएको हो । उहाँ ४ हजार १ सय ८० मतसहित विजयी हुनुभएको हो ।

उहाँकी  प्रतिद्धन्दी एमालेकी सरिता हमालले ४ हजार ३७ मत पाउनुभयो । सावित्राले गएको चैतमा प्रावि तहको शिक्षीकाबाट राजीनामा दिएर उपमेयरको उम्मेदवार बन्नुभएको थियो । शारदा नगरपालिका  स्यानिखालकी स्थानीय बासिन्दा बस्नेत हुनुहुन्छ ।
                                                                                                            पुरुषोत्तम गिरी/उज्यालो  

Abroad Study
«
Next
»
Previous