मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १३ । स्वास्थ्यमन्त्री गगन थापाको फोनपछि डाक्टर गोविन्द केसीको अनसन रोकिएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा आजबाट सुरु  हुने भनिएको डा. केसीको अनसन भोलि २ वजेसम्मका लागि रोकिएको हो ।

पुर्व घोषित कार्याक्रम अनुसार डा. केसीले आफ्नो ११ औँ अनसन दाङमा बस्ने तयारी गर्नुभएको थियो । शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरेर रात्री बसमा दाङ आउनुभएका केसीले आज  अपरान्ह ४ वजेबाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन सुरु गर्ने तयारी गर्नु भएको थियो ।

डा. केसीले प्रदेश नम्वर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने लगायतका माग राख्दै दाङबाटै अनसन सुरु गर्न लाग्नुभएको थियो । १० औ अनसनमा एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने र पहिलो चरणमा दाङमा गर्ने सहमति भए पनि सरकारले प्रक्रियालाई तिव्रगतिमा नलागेको भन्दै केसी अनसन बस्न लाग्नु भएको थियो ।

फोनमा स्वास्थ्यमन्त्री थापाले माग पुरा गर्न भोलि २ वजेसम्मको समय माग गरेपछि भोलि २ वजेसम्मका लागि अनसन रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो । ‘प्रधान न्यायाधीश सुशीला कार्कीको महाअभियोगको प्रस्ताव सरकारले फिर्ता लिइसकेको छ । तपाईले उठाउनुभएका माग सम्बोधन गर्न सरकार लागिपरेको छ । भोलिसम्मलाई अनसन रोकिदिनुहोस् भनेर स्वास्थ्यमन्त्री गगन थापाको फोन आएपछि अनसन भोलिसम्मका लागि रोकिएको छ’,डा. केसीका सहयोगी डा. आचार्यले भन्नुभयो,‘माग पुरा नभए भोलिदेखि डाक्टर केसीको अनसन भोलि २ वजेदेखि सुरु हुन्छ ।’

डा. आचार्यले स्वास्थ्य सेवाका हिसाबले पछाडि परेका रुकुम, रोल्पा, सल्यान, प्यूठानलगायतका जिल्लाका बासिन्दालाई दाङ पायक पर्ने भएकाले डा. केसीले दाङमै मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै आउनु भएको जानकारी दिनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post