मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, जेठ  ७ । पहिलो चरण निर्वाचनको मतगणनाबाट एमाले अग्रस्थानमा देखिएको छ । एमालेले हालसम्म १ सय १० स्थानमा कब्जा जमाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेस १ सय तहमा विजयी भएको छ । माओवादी केन्द्रले भने ४६ स्थानमा मात्र जित हासिल गरेको छ ।

संविधानसभा निर्वाचनमा राम्रो नतिजा ल्याएको राप्रपा स्थानीय तहमा भने खस्केको छ । राप्रपाले एक स्थानमा मात्र प्रमुख पद जित्न सकेको छ । माओवादी केन्द्रबाट अलग भई नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईको पार्टीले पनि एक स्थानमा मात्र प्रमुख पदमा जित हातपारेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा मतगणना जारी छ । सुस्त गतिमा मतगणना भइरहेका ती चारवटै महानगरपालिका बेलाबखत दलका प्रतिनिधिबीचको विवादले झन् ढिलाइ भइरहेको निर्वाचन आयोगका पदाधिकारी बताउँछन् । हेटौंडा उपमहानरपालिकामा पनि मतगणना जारी छ ।

पहिलो चरणको सम्पूर्ण नतिजा नआउँदै निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी थालिसकेको छ । दोस्रो चरणको निर्वाचनको सुरक्षा रणनीतिबारे शनिबार आयोगमा आयोग पदाधिकारी र सुरक्षा अंगका प्रमुखबीच छलफल भएको थियो ।

‘पहिलो चरणको निर्वाचनका क्रममा देखिएका कमीकमजोरीबाट पाठ सिकेर दोस्रो चरणको निर्वाचनको सुरक्षा अवस्था थप बलियो बनाउने विषयमा छलफल भएको छ’, आयुक्त दाहालले भन्नुभयो।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post