मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

धादिङ, जेठ ७ – नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा ५ जना घाइते भएका छन् । दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ कोलेमा जम्काभेट भएको थियो । शनिबार राति पौने १० बजे झडप हुँदा कांग्रेसका ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपि दिपेन्द्र पञ्जीयार थारुले बताउनुभयो ।

झडपमा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको थियो । प्राथमिक उपचारपछि नेपाली कांग्रेसका दामोदर भट्ट र नरेन्द्र भट्टलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं लगिएको छ । झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते हुनुभएको छ ।

झडपमा सामान्य घाइते भएकाहरु जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि घर फकिएका छन् । दिउँसो सामान्य भनाभन भएर छुट्टिएकाहरु कार्यकर्ताहरु विजयी जुलुस मनाएर फकिर्ने क्रममा पुनः राति भेटिएपछि दोहोरो झडप हुन पुगेको डिएसपि पञ्जियार बताउनुभयो ।

घटना भए लगत्तै जिल्लाप्रहरी कार्यालय धादिङका डिएसपि दिपेन्द्र पञ्जीयार थारु सहितको टोली, सशस्त्र प्रहरीबल र मैदी प्रहरी चौकीका प्रहरीहरु घटनास्थल पुगेका थिए । घटनाको थप अनुसन्धान भईरहेको डिएसपि पञ्जीयारले बताउनुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post