मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


गणेश आचार्य,
तुलसीपुर, जेठ १२ । सिचाई मन्त्री दीपक गिरीले सांसद विकास कोषको र दुरुपयोग गरेको पाइएको छ । दोस्रो संविधानसभाको चुनावमा दाङ क्षेत्रनम्वर पाँचबाट प्रत्यक्ष निर्वाचित हुनुभएका मन्त्री गिरीले आफ्नो सांसद विकास कोषको रकम आफ्नै खेतमा बाटो बनाउन खर्च गरेको पाइएको हो ।

जिल्ला विकास समिति दाङबाट प्राप्त खर्च विवरण अनुसार गिरीले साविकको हेकुली–९ सुकदेवामा नयाँ बाटो निर्माणमा बजेट विनियोजन गरेको उल्लेख छ । जिविसको रेकर्ड अनुसार मन्त्री गिरीको सांसद विकास कोषबाट जुरपनिया–सुकदेवा सडक निर्माणमा शीर्षकमा २ लाख ८८ हजार रुपैया भुक्तानी गरिएको उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष सिताराम चौधरीका अनुसार सांसद विकास कोषको रकमले त्यहाँ बीच खेतबाट १ हजार १ सय मिटर लामो बाटो खोलिएको छ । स्थानीय कृष्ण चौधरीका अनुसार बाटो खोलिएको ठाउँमा मन्त्री गिरीकै परिवारको जग्गा नै धेरै छ । त्यहाँ करिव २६ विगाहा जग्गा गिरी परिवारको रहेको उहाँले जानकारी दिनुभयो ।

 मन्त्री गिरीको खेतमा बनाइएको उक्त बाटो गोल्टाकुरीको झुलुङ्गे पुलसम्म छ । त्यो बाटो स्थानीय कसैले पनि प्रयोग गर्दैनन् । गिरी परिवारको जग्गा धेरै भएकाले घडेरीका रुपमा बेच्नका लागि बीच खेतबाट बाटो खोलिएको स्थानीय श्यामकुमार चौधरी बताउनुहुन्छ । समाचार गणतन्त्र दैनिकले छापेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post