मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १२ । यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष केसीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रेस सेन्टर नेपाल दाङ शाखाको प्रतिभा छनौट समितिको बुधबार सम्पन्न बैठकले पत्रकार नरेन्द्र केसीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष डिल्ली मल्लले जानकारी दिनुभयो । प्रमाणपत्रसहित १० हजार राशी रहेको उक्त पुरस्कार हरेक वर्ष पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा प्रदान गर्दै आइरहेको र यस वर्ष पनि यही जेठ १३ गते घोराहीमा हुने स्मृति दिवसमा प्रदान गरिने मल्लले बताउनुभयो । सेन्टरका अध्यक्ष डिल्ली मल्लको संयोजकत्वमा गठित छनौट समितिमा वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी र सचिव पाण्डव शर्मा सदस्य हुनुहुन्थ्यो ।

डेढ दशकअघिदेखि पत्रकारिता सुरु गर्नुभएका केसी हाल नयाँ युगबोध दैनिकका सह–सम्पादक हुनुहुन्छ । त्यस्तै नेपाल समाचारपत्र, सिस्ने अनलाइनलगायतका सञ्चारमाध्यममा पनि कार्यरत उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत रहनुभएको छ ।

सेन स्मृति साहित्य पुरस्कार नदीराम केसीलाई
त्यस्तै, यस वर्षको कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार साहित्यकार नदीराम केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । जनसाँस्कृतिक महासंघ नेपाल दाङले स्थापना गरेको उक्त पुरस्कार रुकुमका साहित्यकार नदीराम केसीलाई दिने निर्णय गरिएको हो । महासंघ दाङका अध्यक्ष टीका बुढा संयोजक तथा प्रमोद धिताल र प्रकाश पन्थी सदस्य रहेको छनौट समितिले रुकुमका साहित्यकार केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
प्रमाणपत्रसहित रु. १० हजार राशी रहेको उक्त पुरस्कार यही जेठ १३ गते हुने सेन स्मृति दिवसमा प्रदान गरिने जनसाँस्कृतिक महासंघ नेपाल दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’ले जानकारी दिनुभयो ।

४० को दशकदेखि नै साहित्य लेखनमा सक्रिय केसीको २०६४ सालमा विद्रोहको गीत उपन्यास, २०६५ सालमा रुकुमको साहित्यको ऐतिहासिक रुपरेखा कृतिका रुपमा प्रकाशित छन् भने थुप्रै फुटकर कविता, गीत तथा साहित्यिक लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।

बाँफीकोट रुकुमका साहित्यकार केसीले राप्ती साहित्य परिषद् रुकुम शाखाको अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको छ, भने अखिल नेपाल जनसाँस्कृतिक संघ, अखिल नेपाल लेखक संघ, सिर्जनशील साहित्य परिषद् रुकुम, गणतान्त्रिक साहित्य परिषद् रुकुमलगायत विभिन्न साहित्यिक संघ संस्थामा आबद्ध हुनुहुन्छ ।

यसैबीच पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर नेपाल दाङ र जनसाँस्कृतिक महासंघ नेपाल दाङले संयुक्तरुपमा मनाउने भएका छन् ।
सेन मारिएको दिन जेठ १३ गते पारेर तीनवटै संस्थाले संयुक्त रुपमा स्मृति दिवस मनाउन लागेका हुन् । जेठ १३ गते बिहान ८ बजेदेखि पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा हुने कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण पत्रकार, साहित्यकार तथा शुभेच्छुक सबैलाई आयोजक संस्थाहरुले आमन्त्रण गरेका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post