मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ, जेठ १३ । तुलसीपुरमा जारी जेसीज सप्ताहअन्तर्गत शनिबार दोस्रो दिन मत्रीपूर्ण फुटबल प्रतियोगीता आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका, बंैकर्स, रोट्रयाक क्लव तुलसीपुर, तुलसीपुर नगर जेसीज प्याव्सन, एन प्याव्सन, मोवाइल एशोसियशन तुलसीपुरका बीचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको तुलसीपुर नगर जेसीजका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हप्तासम्म सामाजिक सेवामा हातेमालोदेखि विकास निर्माणमा जेसीजको चासो सम्बन्धि कार्यक्रमहरु तय गरिएको छ । तुलसीपुरका युवाहरुको सक्रिय संगठन जेसीजले ट्राफिक सचेतना, बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण, चमेरे गुफा जाने बाटो कालोपत्रे गर्ने सम्बन्धि अन्तत्र्रिmयालगायतका कार्यक्रमहरु एक हप्तासम्म सञ्चालन हुने जेसीसका महासचिव दीपेश भण्डारीले जानकारी दिनुभयो ।

शनिबार एक कार्यक्रमका बीच मैत्रीपूर्ण फुटबल प्रतियोगीताको उद्घाटन गरिएको थियो । तुलसीपुर नगर जेसीजका अध्यक्ष विमल पौडेलको अध्यक्षता एवं संस्थापक अध्यक्ष दिपेन्द्र चापागाईको प्रमुुख आतिथ्यतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष सूर्यप्रसाद शर्मा, पूर्व अध्यक्ष झरेन्द्र खरेल, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवन योगी, रोट्रयाक क्लव तुलसीपुरका अध्यक्ष सन्दिपन रिजाललगायतले बोल्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रमका मुल संयोजक दामोदर न्यौपानेले गर्नुभएको थियो , भने सहजीकरण महासचिव दिपेश भण्डारीले गर्नुभएको थियो । त्यसैगरी जेसीजको आस्था पाठ सुरज भण्डारीले गर्नुभएको थियो ।


Abroad Study
«
Next
»
Previous