शरद रेग्मी,
दाङ, जेठ १३ । असहायहरुलाई सहयोग गर्नका लागि शनिबार तुलसीपुरमा दाङ फेमिनाका युवतीहरुले सहयोग संकलन गरेको छ ।
दाङ फेमिना ग्रुपमा १६ देखि २५ उमेर समूहका १ हजार ८ सय विवाहित र अविवाहित दङाली युवतीहरुको फेसबुक पेज सँगसँगै महिला सशक्तिकरण र समाज परिवर्तनमा विश्वास गर्ने एउटा दृढ संकल्प हो । बृद्धाश्रममा बस्ने आमाबुबाहरुलाई एक छाक खानाको व्यवस्था गर्ने सोच अन्तत सफल भएपछि रामअली चौधरी नाम गरेका एकजना मानसिक सन्तुलन गुमाएका स्थानीय व्यतिलाई आर्थिक सहयोग गर्न पाउँदा थप सामाजिक काम गर्ने उर्जा थपिएको उहाँहरुको भनाई छ ।
संकलन गरिएको सहयोग रकम विजौरीस्थित अनाथ बालबालिकाहरु लाई दिइने संस्थाका एडमिन संगीता ढकालले जनकारी दिनुभयो । शनिबार तुलसीपुरको विपी चोकमा दाङ फेमिना ग्रुपको चटपटे स्टल र दानपेटिका लिएर यिनै युवतीहरुको समूहले चटपटे बेचिरहेका थिए । अनि बाटो हिडने
बटुवाहरुलाई चटपटे खाएर केही रकम सहयोग गर्न आग्रह गरिरहेका थिए । उनीहरुले पैदल यात्री र आफूले चिनेका शुभेच्छुकहरुसँग विपी चोकमा बोलाएर सहयोग गर्न लगाएका थिए । पैदल हिड्नेहरुले मन फुकाएर सहयोग गरेका थिए ।
उनीहरुले सामाजिक अभियानमा हाम्रो पनि सहयोग हुने भन्दै ५ रुपैयादेखि १ हजार रुपैयासम्म आर्थिक सहयोग गरेको दाङ फेमिनाकी स्मृति केसीले बताउनुभयो ।