काठमाडौं, जेठ १२/ काठमाडौं महानगरपालिकाको अब २३ हजार मत गणना हुन बाँकी रहेको छ । शनिबार साँझसम्म अन्तिम परिणाम आउन सक्ने बताइएको छ । काठमाडौं महानगरपालिकाको अहिले १४ नम्बर वडा गणना हुँदै छ । वडा नम्बर ९, १०, ११, १२ मत गणना हुन बाँकी छ । त्यस्तै वडा नम्बर १५, १६ पनि गणना हुन बाँकी छ । वडा नम्बर १ देखि ८ र १७ देखि ३२ वडाको मतगणना सकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नी प्रतिष्पर्धीको भन्दा १५ हजार ९ सय ५० मत बढी ल्याउनुभएको छ । शाक्यको ५४ हजार ७ सय ८८ मत आएको छ भने निकत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३८ हजार ७ सय ३८ मत ल्याउनुभएको छ ।
विवेकशीलबाट मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले २० हजार १ सय ९५ मत ल्याउनुभएको छ भने चौठो स्थानमा रहनुभएका साझा पार्टीका उम्मेदवार किशोर थापाले १५ हजार ६ सय ८९ मत ल्याउनुभएको छ ।
काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेपनि गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।