दाङ, जेठ १२ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका ५ नं वडाले उम्मेदवार घोषणा गरेको छ । वडा समितिले धर्नामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवार घोषणा गरेको हो ।
सभाले मदन डाँगीलाई ५ नं वडा अध्यक्षको उम्मेदवारमा घोषणा गरिएको थियो । जसमा खुल्ला सदस्यहरु कृष्णबहादुर विक र नुमबहादुर केसी, महिला सदस्यमा विना बोहरा र दलित महिला सदस्यमा नमिता विक रहनुभएको छ ।
वडाध्यक्ष मदन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जीवन गौतमले सिंहदरबारमा केन्द्रित राज्य सत्तालाई गाउँ नगरमा ल्याउने एजेण्डा माओवादीले ल्याएको बताउँदै माओवादीलाई विजय गराएर मात्रै एजेण्डा कार्यान्वयन हुने बताउनुभयो ।
जनयुद्ध, जनआन्दोलनबाट प्राप्त गणतन्त्र र संघीयता माओवादीले मात्रै पुरा गर्ने पनि गौतमले बताउनुभयो । यसैगरी उपमेयरका उम्मेदवार सीता चौधरीले अहिलेसम्म महिला आफ्नो अधिकारबाट बञ्चित भएको बताउँदै महिलाको हकअधिकारसँगै सिंगो जनसमुदायलाई अधिकार दिलाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार डाँगीको वडाको समग्र विकासमा ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एटम महरा, नगर अध्यक्ष विश्वराज आचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नुमबहादुर केसीले गर्नुभएको थियो ।