मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १२ । नेकपा एमालेका उम्मेदवारमाथि दाङको घोराहीमा गोली प्रहरा गरिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर ५ का एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकीमाथि हिजो गोली प्रहार भएको हो ।

घोराही–५ मा गोली प्रहार गरिएको र भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको एमाले दाङले जनाएको छ । एमाले घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठले नेपाली कांग्रेस निकट नेविसंघका कार्यकर्ताहरुले उम्मेदवार बुढाथोकीमाथि आक्रमण गरेको भन्दै आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको बताउनुभयो । ईञ्चार्ज श्रेष्ठका अनुसार घाइते बुढाथोकीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।

Abroad Study
«
Next
»
Previous