दाङ, बैशाख २९ । लेखक शशिधर भण्डारीले लेख्नुभएको विश्व कम्युनिष्ट आन्दोलनको सक्षिप्त ईतिहास खण्ड १ को समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा पुस्तकको लेखक तथा पत्रकार सुशील गौतम र शरद देवकोटाले गर्नुभएको थियो ।
विश्वको कम्युनिष्ट आन्दोलन थाहा पाउनका लागि पढ्नुपर्ने धेरै पुस्तकहरुको एउटा एकीकृत दस्ताबेज रहेको भन्दै समीक्षकद्वयले नेपाली पाठकहरुका लागि अत्यन्तै महत्वपूर्ण पुस्तक रहेको बताउनुभयो । परिषद्को उपाध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सचिव शंकर डाँगी, नेकपा एमालेका पूर्व अध्यक्ष लक्ष्मण आचार्य, नेकपा माओवादीका निर्मल आचार्य, नेकपा मसालका भरत भण्डारीलगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उठेका विषयहरुको टिप्पणी प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माले गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो ।