मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १३ । डाक्टर गोविन्द केसीले आजदेखि ११ औं  अनसन शुरु गर्न लागेका छन् । यसअघिका आनशन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बसेका डा. केसी यसपटक दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्न लागेका हुन् । तर, अस्पताल प्रशासनले भने अनसन बस्न नदिन सर्कुलर जारी गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनाद्र्धन पन्थीले आइसियू नभएको भन्दै अनसन रोक्न खोजेको बुझिएको छ । डा. पन्थी सोही व्यहोरासहित अनसन रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष पुगेको बुझिएको छ । यता जिल्लाका सरोकारवालाहरुले राप्ती उपक्षेत्रीय अस्पतालमै अनसन बसाउने व्यवस्था मिलाउन लागेका छन् ।

विगतमा गरिएका सम्झौता कार्यान्वयनका साथै दाङमा मेडिकल कलेज स्थापना गर्ने विषयलाई उनले प्रमुखताका साथ उठाएका छन् । पत्रकारहरुसँगको कुराकानीमा केसीले पटक–पटक सरकारको सहमति पालना नभएकोले दबाबका लागि फेरि अनशन बस्नु परेको बताए ।

दुई वर्ष अघिको अनशनका क्रममा प्रत्येक विकास क्षेत्रमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति डा केसी र सरकारबिच एको थियो । मुलुक संघीय संरचनामा गइसकेपछि हरेक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएकोमा अहिलेसम्म कुनै काम नभएको डाक्टर केसीको भनाई छ ।

दुवै सहमतिको कार्यान्वयन दाङमा मेडिकल कलेज स्थापना गरेर शुरु गर्ने भनिएपनि हालसम्म कुनै काम नभएकाले आफुले दाङलाई नै रोजेको केसीले बताए ।

दलका नेताहरुकै कारण सहमति कार्यान्वयन नभएको बताउँदै उनले सरकारी मेडिकल कलेजहरुको अनुपात बढी हुनुपर्नेमा आर्थिक चलखेलका कारण नीजि मेडिकल कलेजहरुको संख्या बढाइएको र उनीहरु नै निर्णायक भूमिकामा रहेको आरोप लगाए ।

मध्यपश्चिमको दाङ र सुदूरपश्चिममा खोल्ने भनिएको मेडिकल कलेज दलका शिर्ष तथा प्रमुख नेताहरुका कारण अलपत्र भएको उल्लेख गर्दै उनले निजी मेडिकल कलेजमा तिनै नेताहरुले कालो धनलाई सेतो बनाउने माध्यमको रुपमा लगानी गरेको दाबी समेत गरे ।

Abroad Study
«
Next
»
Previous