दाङ, जेठ ९ । दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिदै गर्दा दाङमा चुनावी चहलपहल बढ्दै गएको छ । पहिलो चरणको निर्वाचन सकिए लगत्तै जिल्लामा दोस्रो चरणको निर्वाचनको सरगर्मी बढेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, राप्रपासहितका दलहरूले जिल्लाव्यापी रूपमा प्रचारप्रसार अभियानलाई तीव्रताका साथ अघि बढाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरी निर्वाचनको सम्पूर्ण तयारी भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
दलहरुसँगै यहाँको कर्मचारी संयन्त्र पनि चुनावि चटारोमा रहेको छ । नयाँ आउने मेयर र वडाध्यक्षहरुको कार्यालय व्यवस्थापन गर्ने कार्य सुरु भएको छ । घोराही उपमहानगरपालिकाले नयाँ आउने मेयर र वडा अध्यक्षहरुका लागि आवश्यक पर्ने कार्यालय व्यवस्थापनको तयारी तीब्र पारेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
स्थानीय तहको दोस्रो चरणको चुनावि मिति नजिकिदै गर्दा यहाँको कर्मचारी प्रशासनले चुनावलाई भयरहीत, शान्त, निष्पक्ष गराउनका लागि सबै सरकारी संयन्त्रसँगै सुरक्षा अंगहरु परिचालनलाई जारी राखेको छ । घोराहीमा यतिबेला नयाँ मेयर र वडाध्यक्षलाई कसरी स्वागत गर्ने र त्यसको व्यवस्थापनतर्फ तयारी अघि बढिरहेको छ । उपमहानगरपालिकाको कार्यालयलाई सिंगार्न कर्मचारीहरु व्यस्त छन् । कार्यकारी अधिकृत सापकोटाले उपमहानगरको कार्यालयसँगै वडा कार्यालयको रंगरोगन र कार्यालयको उचित व्यवस्थापन गर्न सम्बन्धित वडासचिव र कार्यालयका कर्मचारीलाई निर्देशन दिएको बताउनु भयो ।
नयाँ मेयर, उपमेयरको पनि कार्यालय व्यवस्थापन गर्ने कार्यलाई पनि तीब्रता दिइएको उहाँको भनाई छ । राज्यले अंगिकार गरेको संघियता कार्यान्वयनको अभियानलाई अघि बढाउने दायित्व कर्मचारी क्षेत्रको पनि भएको भन्दै उहाँले सोही कुरालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले नगरबासीको सेवा सुविधालाई ध्यानमा राख्दै विभिन्न स्थानमा वडा कार्यालय स्थापना गरिसकेको जानकारी दिनुभयो । कार्यकारी अधिकृत सापकोटाले आफै नै सम्बन्धित वडा कार्यालयको स्थलगत अनुगमन गरेर वडाध्यक्षहरुको कार्यकक्ष बनाउन सम्बन्धित वडा सचिवलाई निर्देशन दिइसकेको बताउनुभयो । समाचार गणतन्त्र दैनिकले छापेको छ ।